सूर्या लाइफ इन्स्योरेन्सको मुनाफासँगै प्रतिशेयर आम्दानीमा गिरावट

नेपालबहस संवाददाता
माघ २३, २०७८ आइतबार १८:२८:१८

२३ माघ, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा इन्स्योरेन्सको मुनाफा घटेको हो।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १५ करोड ६६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.१७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २० करोड १२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २ अर्ब २८ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको यस इन्स्योरेन्सले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ अर्ब ४४ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।
पुस मसान्तसम्ममा इन्स्योरेन्सले ३ हजार ३९२ दाबीबापत ४४ करोड ६० लाख रुपैयाँ भुक्तानी गरेको छ भने ९६ दाबीबापत १ करोड ६६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।
इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६८ पैसाबाट घटेर १२ रुपैयाँ २९ पैसामा झरेको छ। पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ६३।९९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ५३ पैसा रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईएमई लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन कहिले ?
फागुन १३, २०८१ मंगलबार
सानिमा रिलायन्सले लाभांश वितरण गर्ने
फागुन १३, २०८१ मंगलबार
हिमालयन लाइफ इन्सुरेन्सको एजीएम आज बस्दै
फागुन ११, २०८१ आइतबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
नेपालविरुद्ध म्यानमारले लियो २–० गोलको अग्रता
फागुन १४, २०८१ बुधबार
भारतीय केरा आयातले नेपालमा उत्पादित केराको बजार प्रभावित
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश
फागुन १४, २०८१ बुधबार
राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
फागुन १४, २०८१ बुधबार
पाल्पामा जन्मिएका मगर बेलायत ननिटनको मेयरमा मनोनीत
फागुन १४, २०८१ बुधबार
महाशिवरात्रिः राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन
फागुन १४, २०८१ बुधबार