मधेस प्रदेश सरकारमा एक राज्यमन्त्री थपिए
नेपालबहस संवाददाता
माघ २३, २०७८ आइतबार २०:५३:५६
२३ माघ, जनकपुर । मधेस प्रदेश सरकारमा नेकपा ‘एकीकृत समाजवादी’ बाट एक राज्यमन्त्री थप गरिएको छ । प्रदेश सरकारको उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्रीमा एकीकृत समाजवादीका नागेन्द्र राय यादवलाई नियुक्त गरिएको छ ।
नवनियुक्त राज्यमन्त्री यादवलाई आज प्रदेश प्रमुख हरिशङ्कर मिश्रको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले पद तथा गोपनियताको शपथ गराए ।
यसअघि गत मङ्सिर ५ गते एकीकृत समाजवादीबाटै उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्रीमा शत्रुधन महतो र प्रदेश मामिला तथा कानुनमन्त्रीमा प्रमोद यादव सरकारमा सहभागी भइसकेका छन् ।
योसँगै अब मधेस सरकारको मन्त्री मण्डल १४ सदस्यीय भएको छ । मधेस सरकारमा मुख्यमन्त्रीसहित १० मन्त्री र चार राज्यमन्त्री भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
धनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार