सत्ता गठबन्धन संकटमा, सरकार छाड्ने माओवादीको चेतावनी
नेपालबहस संवाददाता
माघ २३, २०७८ आइतबार २२:१४:४९
२३ माघ, काठमाडौं । सत्ता गठबन्धन गम्भीर संकटमा परेको छ । अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट पास गराउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धन दलका नेता पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको पत्र बाहिरिएपछि सत्ता गठबन्धन गम्भीर संकटमा परेको हो ।
यसपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ता गठबन्धनको प्रमुख घटक माओवादीले सरकार छाड्ने चेतावनी दिइसकेको छ । आइतबार बिहान प्रधानमन्त्री देउवाले सत्ता साझेदार नेकपा माओवादी केन्द्रका नेताहरुसँग टेलिफोन सम्वाद गर्ने क्रममा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पास गर्ने चाहाना देखिएकाले सत्तामा बसिरहनुको औचित्य नभएको भन्दै सरकार छाड्ने चेतावनी दिएको वालुवाटार निकट स्रोतले जनाएको छ ।
तर गठबन्धन दलका एक नेता नारायणकाजी श्रेष्ठले भने अहिले देखिएको समस्याकै कारण सत्ता गठबन्धन धराशयी नहुने बताउँछन् । ‘प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष प्रचण्डद्वारा एमसीसी अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसीसी कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ । पार्टी दृढ छ, यथास्थितिमा यो संझौता स्विकार गरिने छैन, साथै यसकै कारण यो गठबन्धनमा समस्या नओस भन्ने हाम्रो कुरा छ’, उनले भने । सो पत्र सार्वजनिक भएपछि माओवादीलाई नैतिक संकट परेको छ । ‘माओवादीले कि त सरकार छाड्नु पर्छ कि त सरकारलाई सहयोग गर्नुपर्छ’, कांग्रेसका एक नेताले भने । उनका अनुसार प्रचण्डले यसअघि पनि आफूले पार्टीमा मनाउने भन्दै प्रधानमन्त्रीसँग समय मागेका थिए ।
अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई प्रधानमन्त्री देउवा र प्रचण्डले पठाएको पत्र तथा देउवा र प्रचण्डलाई अमेरिकाले पठाएको जवाफी पत्र सार्वजनिक भएपछि माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच आइतबार बिहान कुराकानी भएको थियो । त्यसक्रममा पत्र सार्वजनिक भएकोमा आफ्नो हात नभएको भन्दै देउवा पन्छिएका थिए ।
यसक्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई अमेरिकी सहयोग नियोग एमसीसीले पत्र पठाएको थियो । माघ २१ गते शुक्रवार सत्तारुढ यी दुई दलका नेतालाई एमसीसी मुख्यालयले पत्र लेखेपछि सत्ता गठबन्धनमा तरंग उत्पन्न भएको थियो । पत्रमा दुवै नेताले दिएको समय सीमाभित्रै एमसीसीसँगको अनुदान सम्झौता नेपालको संसदबाट पारित हुने विश्वासमा अमेरिका रहेको उल्लेख गरिएको थियो ।
गत असोज १३ मा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले संयुक्त पत्र लेखेर एमसीसी पारित गर्न ५ महिना पर्खिन आग्रह गरेको स्मरण गदै एमसीसी मुख्यालयले माघ २१ मा दुवै नेतालाई लेखेको जवाफी पत्रमा निर्धारित समय सीमाभित्रै एमसीसी कम्प्याक्ट सम्झौता सदनबाट पारित हुनेमा विश्वस्त रहेको उल्लेख गरिएको थियो । देउवा र प्रचण्ड आफैले दिएको म्याद फेब्रअरी २८ (फागुन १६) भएको स्मरण पनि एमसीसीले पत्रमा गराएको छ ।
‘हामीले गत सेप्टेम्बर २९ (असोज १३) मा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबाट संयुक्त पत्र प्राप्त गरेका थियौं । जसमा राजनीतिक सहमति प्राप्त गर्न र संसद्बाट सम्झौतालाई अनुमोदन गर्न ४ देखि ५ महिनाको समय लागि अनुरोध गरिएको थियो । उक्त चिठीलाई लिएर एमसीसीले शुक्रबार (माघ २१) प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डलाई पत्र बुझाएको छ’, उपाध्यक्ष सुमारले भनेकी थिइन । सत्ता गठबन्धनमा खटपट आएपछि माओवादीले आकस्मिक रुपमा पूर्व स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएको छ ।
एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पठाएको पत्र र देउवा र प्रचण्डलाई अमेरिकाले पठाएको जवाफी पत्र सार्वजनिक भएपछि माओवादी केन्द्रले आन्तरिक छलफलमा पूर्व स्थायी कमिटी सदस्यहरुलाई बोलाएको हो । नेता नारायणकाजी श्रेष्ठका अनुसार माओवादी केन्द्रले एमसीसीबारे आन्तरिक छलफल गरेर स्पष्ट धारणा तय गर्नेछ । आइतबार बिहान माओवादी नेताहरुले प्रधानमन्त्री देउवासँग पनि टेलिफोन वार्ता गरेपछि उनीहरु छलफलमा जुटेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार
प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा
मंसिर ९, २०८१ आइतबार
जलवायु परिवर्तनको असरले कालोपत्थर बन्दै हिमाल
मंसिर ९, २०८१ आइतबार
दुई वर्षपछि क्यानाडाबाट नेपाल फर्किए, घर नपुगी होटलमै पासो लगाएर आत्महत्या गरे
मंसिर ९, २०८१ आइतबार