महालक्ष्मी लाइफ इन्स्योरेन्सको कस्तो छ वित्तीय अवस्था ?

नेपालबहस संवाददाता
माघ २४, २०७८ सोमबार १९:२५:३५

२४ माघ, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
दोस्रो त्रैमाससम्म आइपुग्दा ५ करोड ३० लाख रुपैयाँ मुनाफा गरेको छ । यो मुनाफा गत वर्षको भन्दा २.१७ प्रतिशत धेरै हो । गत वर्ष कम्पनीले ५ करोड १९ लाख रुपैयाँ मुनाफा गरेको थियो । यता, कम्पनीले खुद बिमा शुल्क भने ४३।६२ प्रतिशतले बढाएर ६७ करोड ९१ लाख रुपैयाँ पुर्याएको छ ।
गत वर्ष यसले ४७ करोड २८ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । पुस मसान्त सम्म आइपुग्दा महालक्ष्मीले जीवन बिमा कोष ५२।६६ प्रतिशतले बढाएर १ अर्ब ७३ करोड रुपैयाँ पुर्याएको छ । गत वर्ष यसको जिवन बिमा कोषमा १ अर्ब १३ करोड रुपैयाँ रहेको थियो । हाल यसको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २० करोड २८ लाख रुपैयाँ छ ।
महालक्ष्मीले नियामक बिमा समितिले तोकेको न्यूनतम पुँजी २ अर्ब पुर्याउन अब ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ जारी गर्नुपर्ने हुन्छ । यसअवधिमा इन्स्योरेन्सले ७ करोड ६४ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम ५ लाख ९३ हजार रुपैयाँ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईएमई लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन कहिले ?
फागुन १३, २०८१ मंगलबार
सानिमा रिलायन्सले लाभांश वितरण गर्ने
फागुन १३, २०८१ मंगलबार
हिमालयन लाइफ इन्सुरेन्सको एजीएम आज बस्दै
फागुन ११, २०८१ आइतबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
आन्दोलनको कार्ययोजना बनाउन एकीकृत समाजवादीले बनायो कार्यदल
फागुन १४, २०८१ बुधबार
नेपालविरुद्ध म्यानमारले लियो २–० गोलको अग्रता
फागुन १४, २०८१ बुधबार
भारतीय केरा आयातले नेपालमा उत्पादित केराको बजार प्रभावित
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश
फागुन १४, २०८१ बुधबार
राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
फागुन १४, २०८१ बुधबार
पाल्पामा जन्मिएका मगर बेलायत ननिटनको मेयरमा मनोनीत
फागुन १४, २०८१ बुधबार