यूनियन लाइफले ल्यायो जीवन आवरण बीमा योजना
नेपालबहस संवाददाता
माघ २४, २०७८ सोमबार १९:३४:१९
२४ माघ, काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ विशेषतायुक्त प्रकारको जीवन आवरण बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले बीमा समितिबाट सो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो ।
कम्पनीले ल्याएको जीवन आवरण बीमा योजनामा बीमा गर्नेहरुको लागि विविध सुविधाहरु उपलब्ध रहेका छन् । बीमा गर्ने ब्यक्ति बीमा अवधि सम्म जिवित रहेमा बीमाङ्क रकम र बोनस उपलब्ध हुनेछ भने बीमा अवधि भित्र कालगतीले मृत्यु भएमा थप बीमाङ्क रकम अर्थात दुई गुणा बीमाङ्क रकम र बोनस उपलब्ध हुने ब्यवस्था रहेको छ ।
यसैगरी दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क रकमको दुई गुणा बीमाङ्क रकम, अतिरिक्त दुर्घटना लाभ वापत एक करोड सम्म र बोनस रकम उपलब्ध हुनेछ । उक्त योजना लिन चाहनेहरुले न्युनतम एक लाख रुपैया देखि आयश्रोतको आधारमा चाहे अनुसार बीमाङ्क रकमको बीमा गर्न सक्ने ब्यवस्था रहेको छ ।
साथै न्युनतम ७ बर्ष देखि अधिकतम २५ बर्ष सम्मको अवधि कायम गरी बीमा गर्न सक्ने कम्पनीले जनाएको छ । यस बीमा योजना अन्तर्गत स्थायी अंगभंग सुविधा समेत उपलब्ध हुनेछ । उक्त बीमा योजना लिएका बीमितहरुले बीमालेख अन्तर्गत ऋण तथा समपर्ण सुविधा प्राप्त गर्न सक्ने ब्यवस्था रहेको छ ।
कम्पनीले प्रचलनमा ल्याएको उक्त बीमा योजनामा भएका प्रावधानहरुबाट बीमा गर्ने ब्यक्तिहरुले अधिक लाभ लिन सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लालकर्णले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार