सोमबार सर्वाधिक कमाउने र गुमाउने कम्पनी
नेपालबहस संवाददाता
माघ २४, २०७८ सोमबार २१:२२:२९
२४ माघ, काठमाडौं । सोमबार शेयरबजारमा २२४ कम्पनीको ९५ लाख १२ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्बको कारोबार भएको छ । यस दिन नेप्सेमा १५ दशमलव ६९ अंकले गिरावट आउदा नेप्से २८५१ विन्दुमा झरेको छ ।
कमाउने कम्पनी
यस दिन नेप्सेमा सर्वाधिक कमाउने कम्पनीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, छ्याङदी हाईड्रोपावर, सानिमा लाइफ इन्स्योरेन्स, नेशनल हाईड्रोपावर, बोटलर्स तराई नेपाल, नेपाल हाईड्रो डेभलपर्स र एचआईडीसीएलका लगानीकर्ता रहेका छन् । दोहोरो अंकले बढेको बजारमा यी कम्पनीको शेयरमूल्य बढ्न जादा लगानीकर्ता कमाउन सफल भएका हुन् ।
गुमाउने कम्पनी
यस दिन शेयरबजारमा बुद्धभुमी हाईड्रोपावरको शेयरमूल्य उच्च दरले घट्न पुगेको छ । लघुवित्तको शेयरमूल्य आज करिब ५ प्रतिशतले घटेको छ । यस दिन कम्पनीको शेयरधनीले सबैभन्दा धेरै गुमाउन पुगेका छन् । यस दिन कम्पनीको प्रतिकित्ता शेयरमूल्य ३२ रुपैयाँले घट्न पुगेको हो ।
साथै अन्य सर्वाधिक गुमाउने कम्पनीहरुमा सपोर्ट माइक्रोफाइनान्स, साहस उर्जा, विन नेपाल लघुवित्त, मिथिला लघुवित्त र सीईडीबी हाईड्रोपावरको शेयरमूल्य सामान्य दरले घट्न पुगेको छ । यी कम्पनीको शेयरमूल्यमा गिरावट आउदा लगानीकर्ता गुमाउन पुगेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार