चलचित्र ‘तिमी कसको’ सुटिङ अन्तिम चरणमा
नेपालबहस संवाददाता
माघ २५, २०७८ मंगलबार १८:१०:४१
२५ माघ, तेह्रथुम । यतिबेला चलचित्र तेह्रथुमको पर्यटकीय क्षेत्रमा ‘तिमी कसको ?’ चलचित्रको सुटिङ भइरहेको छ । गत बुधबारदेखि सुरु भएको सुटिङ तेह्रथुममा अन्तिम चरणमा पुगेको निर्देशक तथा निर्माता जीवन श्रेष्ठले बताए ।
तेह्रथुमको तिनजुरे, बसन्तपुर बजार,लालीगुराँस नगरपालिकाको काँडे,सुजेपु तिनछाँगे झरनालगायत विभिन्न स्थानहरूमा सुटिङ भएको छ । त्यस्तै चोलुङ पार्कमा केही दिन सुटिङ गरिने भएको छ । तेह्रथुममा ८० प्रतिशत र काठमाडौंलगायत विभिन्न क्षेत्रमा २० प्रतिशत सुटिङ गरिने भएको हो ।
चलचित्रमा प्रदीप गिरी, अर्जुन थापा, टेकेन्द्र न्यौपाने, स्वहन प्रतापसँगै हर्षिका श्रेष्ठ, रिया श्रेष्ठ र प्रीतिका शर्मालगायत कलाकारको अभिनय रहेको छ ।
तेह्रथुमको पर्यटन प्रवर्द्धन गर्ने प्रमुख उद्देश्यसहित लालिगुराँस नगरपालिका क्षेत्रमा छायांकन सुरु गरिएको चलचित्रमा स्थानीय जनजीवनलाई चलचित्रमा समेटेर स्थानीय कलाकारलाई प्राथमिकता दिइएको छ ।
देव महर्जनको द्वन्द्व निर्देशनमा निर्माण हुने यस चलचित्रको अन्य कलाकारहरूमा लक्ष्मीनाथ तिम्सिना, टिआर सेनेहाङ, चन्दा कुरूम्बाङ, रविकिरण लिम्बू, तिला पोखरेल, अमृत बास्तोला, शिखा लिम्बू, दिलकुमार लिम्बूलगायत छन् । बाल कलाकारमा सेक्फुङ लिम्बू, सेमी लिम्बू, सुम्जिरी पाक्साँवा, जोसेफ शंखर छन् ।
चलचित्रमा आकाश अकुले संगीत दिएका छन् । कल्पेस ओझिलको शब्दमा सचिन राई र अन्नु चौधरीले स्वर दिएका छन् । सुरेन लिम्बू र प्रकाश पाक्साँवाको छायांकनमा सुरु भएको चलचित्रको कथा जीवन श्रेष्ठले लेखेका हुन् । चलचत्रिमा अर्जुन थापाको पटकथा र संवाद रहेको छ ।
चलचित्रको च्यारेटी सोबाट संकलित रकमको २५ प्रतिशत लालिगुराँस नगरपालिका(९ सोल्मा काडेका मृगौला पीडित सुमन लिम्बूको उपचारमा सहयोग गरिने निर्देशक श्रेष्ठले बताए । २४ वर्षीय मृगौला पीडित लिम्बू घोपा क्याम्प धरानमा उपचाररत छन् । चलचित्रको करिब एक महिनामा छायांकन कार्य सकाएर नयाँ वर्ष २०७९ को पहिलो दिनमा रिलिज गरिने तयारी रहेको निर्माण पक्षले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार