सानिमा जनरलको मुनाफा साढे ९५ प्रतिशतले बढ्यो, ईपीएस कति ?
नेपालबहस संवाददाता
माघ २५, २०७८ मंगलबार १९:१८:१०
२५ माघ, काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणका अनुसार इन्स्योरेन्सको मुनाफा गत वर्षको सोही अवधिको तुलनामा बढेको छ ।
सानिमा जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ करोड ८० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ९५.६५ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २ करोड ९६ लाख ८५ हजार रुपैयाँ मुनाफा गरेको थियो ।
कम्पनीको खुद बीमाशुल्क पनि ७३.२८ प्रतिशतले बढेर १४ करोड ८१ लाख ७७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ८ करोड ५५ लाख १५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै कम्पनीले पुनर्बीमा कमिशन बापत ८ करोड ८० लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट १ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ११ करोड १८ लाख रुपैयाँ, बीमा कोषमा १२ करोड १८ लाख रुपैयाँ र महाविपत्ती कोषमा ९३ लाख ४५ हजार रुपैयाँ सञ्चित छ । यस अवधिमा कम्पनीले ४५ हजार ७५२ वटा बीमालेख जारी ४६ करोड ११ लाख ५२ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
यस अवधिमा कम्पनी प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६२ पैसा, प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ३० पैसा र मूल्य आम्दानी अनुपात ५४.४१ गुणा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार