प्रिमियममा आईपीओ जारी गर्न लागेको रिलायबल लाइफको कस्तो छ वित्तीय अवस्था ?
नेपालबहस संवाददाता
माघ २५, २०७८ मंगलबार २०:५०:३०
२५ माघ, काठमाडौं । प्रिमियममा आईपीओ निष्काशन गर्न लागेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्जजनिक गरेको छ । विवरणका अनुसार कम्पनीको मुनाफा गत वर्षको सोही अवधिको तुलनामा बढेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको मुनाफा १.४४ प्रतिशतले बढेर छ । पुस मसान्तसम्म कम्पनीले १८ करोड ५ लाख रुपैयाँ मुनाफा गरेको पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १७ करोड ७९ लाख रुपैयाँ मुनाफा गरेको थियो ।
कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा एक अर्ब ९२ करोड ९८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ४६.२३ प्रतिशतले धेरै हो । सम्ममा करिब दुई अर्ब रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।
गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब १३ करोड ९७ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो।
यस्तै कम्पनीले लगानी कर्जा तथा अन्य आम्दानीबाट २० करोड ५२ लाख रुपैयाँ र बीमालेख धितोमा ९ करोड ७१ लाख रुपैयाँ लगानी गरी १५ लाख ४० हजार रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा एक अर्ब ६० लाख रुपैयाँ, बीमा कोषमा ३ अर्ब ६१ करोड ३१ लाख रुपैयाँ र महाविपत्ती कोषमा ९ करोड ७९ लाख रुपैयाँ सञ्चित छ ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ७९ पैसा र प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ८५ पैसा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
तराईमा शीतलहरको कहर: जोखिम बढ्दो, पूर्वतयारी सुस्त !
पुष २६, २०८१ शुक्रबार
हुम्लाको खार्पुनाथमा एक महिनादेखि सिटामोलसमेत अभाव
पुष २६, २०८१ शुक्रबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार