कांग्रेसका २७ भ्रातृसंगठन र शुभेच्छुक संस्था ‘प्यारालाइसिस’, महाधिवेशन कहिले होला ?
नेपालबहस संवाददाता
माघ २५, २०७८ मंगलबार २३:१४:३१
♦ईश्वरी बराल
२५ माघ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका १३ वटा भ्रातृ संगठन सबैको म्याद सकिएको छ । १८ वटा शुभेच्छुक संस्थामध्ये चारवटाको मात्रै अवधि बाँकी छ । केही भ्रातृ संघले अधिवेशनको तयारी गरेको बताएका छन् । केहीको नेतृत्व दुई दशकदेखि फेरिन सकेको छैन ।
दुई महिनाअघि पार्टीको १४औँ महाधिवेशन सम्पन्न गरेको कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको अधिवेशनबारे छलफल गर्ने तय गरेको छ । पार्टीको पर्सी बिहीबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरू र पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाका सम्बन्धमा छलफल गर्ने तय भएको छ ।
नेपाल किसान संघको अधिवेशन २० वर्षदेखि हुन सकेको छैन भने नेपाल प्रजातन्त्र सेनानी संघको पनि २० वर्षदेखि नै नेतृत्व फेरिन सकेको छैन । महिला संघले विधानतः चार वर्षे समयवधि सकिएर अघिल्लो वर्ष नै अधिवेशन गर्नुपर्ने भएपनि गर्न सकेको सकेको छैन ।
नेपाल तरुण दलमा २०७३ सालमा भएको अधिवेशनपछि आएको जीतजंग बस्नेत नेतृत्वको कार्यसमितिको समयावधि २०७६ सालमा सकिएको छ । यसलाई पनि समय थप्दै जीवित राख्ने प्रयास भइरहेको छ । नेपाल विद्यार्थी संघको २०७३ भदौमा काठमाडौंमा सम्पन्न ११औँ अधिवेशनमार्फत अध्यक्षमा नैनसिंह महर निर्वाचित भएपछि विधानतः प्रक्रियागत ढंगले नेविसंघले नेतृत्व पाउन सकेको छैन । महरको कार्यकाल सकिएपछि समय थप गरेर उनको कार्यकाल केही समय लम्ब्याइएको थियो । त्यसमा विवाद भएपछि पार्टीले २०७६ सालमा राजीव ढुंगानाको नेतृत्वमा तदर्थ समिति गठन गरेको हो । तदर्थ समितिले अहिलेसम्म पनि अधिवेशन गराउन सकेको छैन ।
नेपाल दलित संघको अधिवेशन चार वर्षदेखि हुन नसकेको संघका कोषाध्यक्ष हरिशरण नेपालीले जानकारी दिए । २०६३ सालमा तदर्थ समिति बनाएको राष्ट्रिय लोकतान्त्रिक अपांग संघले २०६६ सालमा पार्टीको भ्रातृ संघको रूपमा मान्यता पाएको हो । त्यसपछि अधिवेशन हुन नसकेको तदर्थ समितिका अध्यक्ष भोजराज श्रेष्ठले बताए ।
नेपाल ठाकुर समाजको अधिवेशन सात वर्षदेखि हुन छैन । पार्टीको महाधिवेशन सकिएकाले अब आफूहरूले अधिवेशन गर्ने तयारी गरेको समाजका अध्यक्ष अनिरुद्रप्रसाद ठाकुरले बताए । नेपाल मुस्लिम संघ र राष्ट्रिय मगर संघको पनि ६ महिनाअघि तीन वर्षे कार्यकाल समाप्त भएको छ ।
नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी तथा जनजाति संघ र नेपाल तामाङ संघको पनि अधिवेशन हुन सकेको छैन । यीमध्ये पाँचवटा भ्रातृसंगठनका प्रमुख पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भए पनि भ्रातृसंस्थालाई रिक्त बनाएको तथा समयमा अधिवेशन सम्पन्न गर्न नसकेको भनेर कांग्रेस नेतृत्वको आलोचना भएको छ । केन्द्रीय सदस्य बन्नेमा महिला संघकी अध्यक्ष उमा रेग्मी, तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, मुस्लिम संघका अध्यक्ष अब्दुल सत्तार र दलित संघका मीन विश्वकर्मा छन् ।
यस्तै, पार्टीका १८ वटा शुभेच्छुक संस्थामध्ये चारवटाको मात्रै म्याद बाँकी रहेको पार्टी केन्द्रीय कार्यलयका सूचना अधिकारी केशव रिजालले जानकारी दिए । नेपाल ट्रेड युनियन, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ र प्रजातन्त्रवादी प्राध्यापक संघको म्याद बाँकी रहेको छ भने अरु सवैको अधिवेशन गरेर नयाँ नेतृत्व छान्नुपर्नेछ ।
नेपाल शिक्षक संघ, नेपाल निजामती कर्मचारी युनियन, नेपाल सांस्कृतिक संघ, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम, प्रशासन व्यवस्थापन र विकास केन्द्र, नेपाल लोकतान्त्रिक शेर्पा संघ, गैरसरकारी संस्था महासंघ, नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन, नेपाल प्रेस युनियन, त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी कर्मचारी संघ, प्रजातान्त्रिक वन प्राविधिक संघ, लोकतान्त्रिक नेवा खल र डेमोक्रेटिक एग्रिकल्चरिस्ट एसोसिएसनको म्याद सकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्री ओलीले आज ब्रिफिङ लिने
मंसिर ९, २०८१ आइतबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार
बिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
मंसिर ९, २०८१ आइतबार
नबिल बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
मंसिर ९, २०८१ आइतबार
हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद सकिएपछि रवि लामिछानेलाई अदालत उपस्थित गराइयो
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्री ओलीले आज ब्रिफिङ लिने
मंसिर ९, २०८१ आइतबार