राप्रपा परित्याग गरेका कमल थापाद्धारा नयाँ पार्टी गठनको तयारी
नेपालबहस संवाददाता
माघ २५, २०७८ मंगलबार २३:२२:१४
२५ माघ, काठमाडौं । गृहजिल्ला मकवानपुर पुगेर राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका निवर्तमान अध्यक्ष कमल थापालाई झन्डै एकसय केन्द्रीय सदस्यले साथ दिने दावी गरिएको छ । गत महाधिवेशनबाट निर्वाचित तीन उपाध्यक्ष, एक महामन्त्री र झन्डै एकसय केन्द्रीय सदस्यलाई साथमा लिएर नयाँ पार्टी दर्ता गर्ने तयारीका साथ थापाले मंगलबार पार्टी परित्याग गरेका हुन् ।
गत महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशन कार्की तथा महामन्त्री कुन्ती शाही र भुवन पाठकसहित थापा पक्षबाट निर्वाचित ८० भन्दा बढी केन्द्रीय सदस्यले नयाँ पार्टी खोल्नलाई साथ दिने भएका हुन् ।
‘गत महाधिवेशनवाट तीनजना उपाध्यक्ष, एकजना महामन्त्री र एकसय ६ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए, ती सबै हामीसँगै रहने छन्,’ थापानिकट स्रोतले भन्यो, ‘हिजोको काठमाडौं भेलामा पनि झन्डै ६० केन्द्रीय सदस्यको उपस्थिति थियो, अचानक भेला गर्नुपर्ने भएकाले सबै आउन नभ्याएका हुन् ।’ उनका अनुसार थापा पक्षधर गत महाधिवेशनमा निर्वाचितमध्ये ८० जनाले साथ दिने प्रतिबद्धता जनाइसकेका छन् भने नयाँ दल दर्ता गर्ने अवस्थासम्म धेरै थपिने देखिएको छ ।
केन्द्रीय सदस्यहरू जयन्त चन्द, राजीव पराजुली, तोरण गुरुङ, राम थापा, दीपकबहादुर सिंह, सुशील श्रेष्ठ, राजाराम बर्तौला, तेज कुरवान, विक्रमबहादुर थापा, जयकुमार खड्का, इन्द्र चित्रकार, वसन्तमानसिंह अधिकारी, गणेश चन्दलगायत नेताहरू थापा समूहमा रहने भएका छन् ।
राप्रपा नाम नरहने, नयाँ नाम राखिने
पार्टी परित्याग गरेपछि नयाँ पार्टी दर्ताका लागि बुधबारदेखि थापाले आफूनिकट नेताहरूसँग छलफल चलाउने भएका छन् । गृहजिल्लाबाट पार्टी परित्याग घोषणा गरेर काठमाडौं फर्किरहेका थापाले नयाँ पार्टी दर्ताका लागि बुधबारदेखि छलफल चलाउने केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।
‘तर नयाँ पार्टीको नाम राप्रपा रहँदैन, हामीले राप्रपा नाम राख्न पनि हुँदैन, त्यसैले नयाँ नाम तय गरेर दल दर्ता हुनेछ,’ उनले भने, ‘राप्रपा विभाजन नगर्ने तर अन्य नाममा नयाँ दल दर्ता गर्ने सोचमा कमल थापा हुनुहुन्छ, त्यही अनुसार छलफल चल्नेछ ।’ उनका अनुसार अधिकांश जिल्ला अध्यक्षहरू पनि थापाको पक्षमा खुल्ने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्री ओलीले आज ब्रिफिङ लिने
मंसिर ९, २०८१ आइतबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार
बिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश
मंसिर ९, २०८१ आइतबार
एनएमबि बैंकको संस्थापक शेयर लिलामी खुल्यो
मंसिर ९, २०८१ आइतबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
न्यायाधीश शर्माको एकल इजलासमा पर्यो दुर्गा प्रसाईंको बन्दीप्रत्क्षीकरण रिटको पेशी
मंसिर ९, २०८१ आइतबार
‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
मंसिर ९, २०८१ आइतबार