किसानको माग सम्बोधन नभए अवरोध गर्ने सीके राउतको चेतावनी
नेपालबहस संवाददाता
माघ २६, २०७८ बुधबार २०:३१:२८
२६ माघ, वीरगन्ज । जनमत पार्टीका अध्यक्ष सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएका छन् ।
बुधबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा उनले किसान आन्दोलनको माग सम्बोधन नभई स्थानीय तह निर्वाचनको परिकल्पना गर्न नसकिने बताए ।
‘पहिले किसान आन्दोलनको माग सम्बोधन होस् अनि मात्र यहाँ स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं,’ राउतले भने, ‘नभए अरु ठाउँमा त भन्न सकिन्नँ तर तराई–मधेसमा झापादेखि कैलाली कञ्चनपुरसम्म स्थानीय निर्वाचनमा हामी अवरोध गर्नेछौं।’
जनमत पार्टी निर्वाचन विरोधी नभएको जिकिर गर्दै राउतले भने, ‘हामी निर्वाचनमा जान आतुर छौं । निर्वाचनमा जानु अगाडि सरकारले कमसेकम किसान आन्दोलनको माग सम्बोधन गर्ने पहल थालिएको देखिनु पर्यो । किनकि एकैदिनमा यो समस्या समाधान हुने होइन ।’
‘यो निर्वाचनबाट कुनै ठूलो उथलपुथल होला भन्ने छैन । अहिलेसम्म त्यही ३/४ जना नेताको अनुहार आउने हो । जुनसुकै सरकार आए पनि एजेन्डा यही रहने हो । त्यसैले यो सरकारले सम्बोधन प्रक्रिया वा तत्परता देखाएको भए हुन्थ्यो,’ राउतले भने, ‘किसान आन्दोलनको ज्ञापन पत्र नलिने, तर विदेशीको स्वार्थको पछाडि हाम्रा नेताहरु दौडिरहेका छन् ।’
अर्को चरणको किसान आन्दोलन १ फागुनबाट घोषणा हुने जानकारी राउतले दिए । मौसमको खराबीका कारण हाइबे केन्द्रीत आन्दोलन ग्रामीण क्षेत्रमा सारिएको बताउँदै उनले १ फागुनबाट सशक्त कार्यक्रम आउने बताए ।
कृषिमन्त्री मधेसकै भए पनि किसानको माग सुन्नसमेत नचाहेको राउतले आरोप लगाए । डेढ महिनादेखि आन्दोलन जारी रहँदा पनि किसानहरुको मागमा सरकारले चासो नदिएको भन्दै उनले आक्रोश पोखे । किसान आन्दोलनमा उठेका माग दीर्घकालीन समाधानका लागि किसानसँग सम्बन्धित विधेयक ल्याएर ठोस कानुन नै बनाउनुपर्ने भएकाले आफूहरूको माग संघीय सरकारसँग रहेको राउतले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
धनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार