‘खोज र खोप अभियान’ सञ्चालन गरिने

नेपालबहस संवाददाता
माघ २६, २०७८ बुधबार २१:१५:२

२६ माघ, काठमाडौं । जिल्ला कोभिड- १९ सङ्कट व्यवस्थापन केन्द्र रुकुम (पूर्व) ले कोभिड– १९ विरुद्धको खोपमा सबै नागरिकको सहज पहुँच पुर्याउने उद्देश्यले ‘खोज र खोप अभियान’ सञ्चालन गरिने भएको छ ।
कोभिड-१९ विरुद्धको खोप लगाउने लक्षित जनसङ्ख्या धेरै छुटेकाले उनीहरुका लागि समुदाय स्तरमा यो अभियान सञ्चालन गर्न लागिएको केन्द्रले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको केन्द्रको बैठकले अभियानलाई सफल बनाउनका लागि केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाको नेतृत्वमा समुदायस्तरमा जाने निर्णय गरेको हो ।
अन्य जिल्लाको तुलनामा रुकुम (पूर्व) मा खोप कार्यक्रमको पहुँचमा नपुगेका मानिस बढी भएको भन्दै पालिकाबाट सञ्चालन खोप कार्यक्रमको क्षेत्र विस्तार गर्नुपर्ने निष्कर्ष छलफलबाट निस्किएको छ । जिल्लामा खोप थन्किएको छ । खोप लगाउने मान्छे नआउँदा भने खोप कार्यक्रम प्रभावित बन्न पुगेको बताइएको छ ।
भूमे र सिस्ने गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन भएपनि पुथाउत्तरगङ्गा गाउँपालिकामा खोप लगाउन मानिस नआउँदा कार्यक्रम नै प्रभावित हुन पुगेको स्वास्थ्य कार्यालय रुकुम (पूर्व) ले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसात महिनामा लुम्बिनी प्रदेशमा एक चौथाइ रकम मात्र खर्च
फागुन ९, २०८१ शुक्रबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार