मन्त्रिपरिषदद्धारा आठ सचिवको सरुवा (नामावलीसहित)
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
माघ २७, २०७८ बिहिबार २३:५४:४७
![](https://nepalbahas.prixacdn.net/media/albums/cabinet_IhAAMr9m2f.jpeg)
२७ माघ, काठमाडौं । सरकारले आठ जना सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद बैठकले उनीहरूको सरुवा गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको अतिरिक्तमा रहेका मधुसूदन बुर्लाकोटीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयकी देव कुमारी गुरागाईंको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेश पाण्डेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिवमा सरुवा गरिएको छ । वाणिज्यका सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको अतिरिक्तमा पठाइएको छ ।
भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव रामप्रसाद थपलियाको सरुवा गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय (प्रविधि) सचिव सुरेश आचार्यलाई सरकारले खानेपानी मन्त्रालयमा सरुवा गरेको छ । यस्तै खानेपानी मन्त्रालयकी प्रमिलादेवी बज्राचार्यलाई शिक्षा, विज्ञान प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहलेसी बजारमा लागेको आगोबाट सात करोड ३० लाख बराबरको क्षति
फागुन ५, २०८१ सोमबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार