एमसीसी पारित नभए नेपालसँगको सम्बन्ध तोडिन सक्ने अमेरिकी चेतावनी !
नेपालबहस संवाददाता
माघ २८, २०७८ शुक्रबार १६:४८:५८
२८ माघ, काठमाडौं । अमेरिकाले प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका प्रमुख दलका नेताहरुलाई एमसीसी पास नगरे नेपालसँगको सम्बन्ध तोड्ने चेतावनी दिएको छ । नेपालको संसदबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट पास नभए नेपालसँगको सम्बन्धमा पुर्नविचार गर्ने अमेरिकाले चेतावनी दिएको हो ।
करिब पाँच वर्षअघि हस्ताक्षर भएको ५० करोड डलर मिलेनियम च्यालेन्ज कर्पोरेशन अनुदानमा नेपाली राजनीतिक नेतृत्वले आफ्ना प्रतिबद्धता पूरा नगरे नेपालसँगको सम्बन्ध पुनरावलोकन गर्न बाध्य हुने वाशिङटनले काठमाडौंलाई जानकारी दिएको स्रोतले जनाएको छ ।
बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छुट्टाछुट्टै टेलिफोन वार्तामा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले संसदबाट असफल भएमा नेपालसँगको सम्बन्ध पुनरावलोकन गर्ने बताएको स्रोतको दावी छ । सन् १९४७ मा नेपाल र संयुक्त राज्य अमेरिकाबीच द्विपक्षीय सम्बन्ध स्थापना भएपछि अमेरिकाले नेपाली राजनीतिक नेतृत्वलाई पहिलो पटक यस्तो कडा शब्दमा त्यस्तो चेतावनी दिएको हो ।
काठमाडौंस्थित अमेरिकी दूतावास स्रोतका अनुसार डोनाल्ड लुले बिहीबार बिहान तीन शीर्ष नेताहरूलाई एमसीसी अनुमोदनमा अमेरिकी सरकारको अडान यथावत रहेको जनाएको छ । फ्रेब्रुअरी २८ सम्म अनुमोदन नहुँदा सम्भावित असरबारे जानकारी गराउन अलग–अलग टेलिफोन गरेको स्रोतको दावी छ । अमेरिकाको नेपालस्थित राजदुत रयान्डी बेरीले प्रमुख दलका नेताहरुसँग भेट गरी आफनो सक्रियता बढाईरहेका बेला न्यूयोर्कबाटै पनि अमेरिकी मन्त्रीहरुले नेपालका नेताहरुलाई दवाव अभियान बढाएको छ ।
अमेरिकाको दक्षिणपूवी एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालका शीर्ष नेतालाई फोन गर्दै अमेरिकी सहयोग परियोजना मिलिनेयम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्न वातावरण बनाउन आग्रह गरेका छन् । गत १ मंसिरदेखि तीनदिने नेपाल भ्रमण गरेका लुले आफ्नो भ्रमणका क्रममा पनि नेपाली नेताहरूलाई एमसीसी पारित गर्न दबाब नै दिएका थिए । उनले १४ डिसेम्बरसम्मको समय सीमा दिँदै उनले एमसीसी पारित गर्न नगरेको अवस्थामा फिर्ता लैजाने बताएका थिए ।
तर, प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहालले १३ असोजमा एमसीसी मुख्यालयलाई संयुक्त पत्र लेख्दै प्रतिनिधिसभामा एमसीसी पारितका लागि सहमति जुटाउन केही समय आवश्यक पर्ने बताउँदै पाँच महिनाको समय मागेको थियो । यो विषयले सत्ता गठबन्धन टुट्ने संभावना बढ्दै गएको छ । माओवादीभित्र यसले ठूलै हलचल पैदा गरिसकेको छ भने एमाले भने मौन रहेको छ । राजदुत बेरीले गत मंगलबार मात्रै प्रतिपक्षी दलका नेता केपी ओलीसँग भेट गरेर एमसीसी अनुमोदनका लागि सहयोग गर्न आग्रह गरिसकेका छन् । ओली यसमा सकारात्मक छन् कि छैनन भन्ने बारेमा केही खुलेको छैन ।
राजदुत बेरीले आज शुक्रबार सम्भवत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गर्ने र शनिवार प्रधानमन्त्री शेरवहादुर देउवासँग भेट गरेर दवाव बढाउने अभियान सँगै लगेका छन् । तर माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने यथास्थितीमा अनुमोदन गराउन नसक्ने पक्षमै अडिग छन् । कांग्रेसले भने आज केन्द्रीय समिति बैठकबाट यसलाई अनुमोदन गरेर जाने निश्कर्ष निकालेको छ । यो विषयमा नेपाली कांग्रेसका सबैजसो नेताहरुले एमसीसी पास गर्नुपर्ने भन्दै आपसमा सम्पर्क सम्बन्ध बढाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार
प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा
मंसिर ९, २०८१ आइतबार