प्रचण्डले महासचिवमा पुनलाई च्याप्न खोज्दा बैठक अनिश्चित, एमसीसीको तीव्र विरोध
नेपालबहस संवाददाता
माघ २८, २०७८ शुक्रबार १८:११:३९
२८ माघ, काठमाडौं । माओवादीले आज शुक्रबारका लागि तोकेको केन्द्रीय समिति बैठक स्थगित गरेको छ । माओवादी केन्द्रभित्र अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई गरिएको पत्रचार र अध्यक्षले नै महासचिव छान्न खोजेको विषयमा विवाद हुँदा निर्धारित समयमा केन्द्रीय समितिको बैठक बस्न नसकेको हो ।
अब बस्ने केन्द्रीय समितिको बैठकमा प्रचण्डले एमसीसी मूख्यालयलाई लेखेको पत्रको विषयलाई उठाउने र पार्टीभित्र अल्पमतमा पर्ने अवस्था भएपछि प्रचण्डको निर्देशनमा बैठक स्थगित गरिएको माओवादी स्रोतले जनाएको छ । ‘एमसीसीमा प्रचण्डको दोहोरो नीति देखियो पार्टीभित्र एउटा भन्ने तर देउवासँग गएर पत्रचार गर्ने ? यसले प्रचण्डमा विर्सजनवाद देखियो । त्यसकारण यो विषयले पार्टीभित्र तीव्र आलोचना जन्माएको छ । यसलाई छल्न प्रचण्डकै निर्देशनमा शुक्रबार तय भएको केन्द्री समितिको बैठक रोकिएको हो’, माओवादीका एक नेताले भने ।
नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले प्रचण्डको गल्तीलाई अब ढाकछोप गर्न नसकिने भन्दै आलोचना गरेका थिए । त्यस्तै चिनियाँ कम्युनिष्ट पार्टीसँग नजिक भएका नेताहरुले पनि प्रचण्डको आलोचना गरेका थिए । अर्कोतर्फ माओवादी केन्द्रभित्र पदाधिकारीको विषय पेचिलो बन्दै गएको छ । माओवादीले महाधिवेशन गरेको दुई महिनासम्म पदाधिकारी चयन गर्न सकेको छैन ।
पदाधिकारी मात्र होइन स्थायी समिति र पोलिटब्युरो पनि टुंगो गर्न नसक्दा महाधिवेशनबाट चलायमान भएको भनिएको माओवादी फेरि भद्रगोल अवस्थामा पुगेको छ । त्यतिमात्र होइन महासचिव कसलाई बनाउने भन्ने बारेमा केन्द्रीय समिति भन्दा प्रचण्ड आफै अग्रसर भएपछि पनि समस्या उत्पन्न भएको माओवादी नेताहरुले जनाएका छन् । महाधिवेशनपछि बस्ने भनिएको केन्द्रीय समिति बैठक तीन पटकसम्म स्थगित हुँदा नयाँ नेतृत्वले कार्यकर्ताले अपेक्षा गरे अनुसार काम गर्न नसकेको भन्दै आलोचना समेत हुन थालेकाे छ ।
पुसमा भएको आठौँ राष्ट्रिय महाधिवेशनअघि माओवादी केन्द्रको स्थायी समिति १६ सदस्यीय थियो । अहिले त्यही स्थायी समितिबाट काम चलाउन थालिएको छ । महाधिवेशनबाट नयाँ नेतृत्व आएसँगै पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो सदस्यको टुंगो लगाउने प्रयास गरिएपनि प्रचण्डले वर्षमान पुनलाई महासचिव बनाउने गरी तयारी गरेपछि आकांक्षीहरुले आलोचना गर्न थालेका छन् । उनीहरुले केन्द्रीय समितिको बैठकबाट महासचिव छानौ भन्ने प्रस्ताव गरेका छन् ।
तर प्रचण्डले सहमतिको आधारमा भन्दै आफैले पुनलाई प्रस्ताव गर्न खोजेकाले पनि शुक्रबारको बैठक झन पेचिलो बन्ने अवस्थामा पुगेपछि रोकिएको हो । माओवादीमा अध्यक्ष प्रचण्ड निकट नेताहरूले एमसीसीमा सत्ता गठबन्धनभित्र देखिएको तीव्र्र विवादका कारण त्यसमा व्यस्त हुनु परेकाले बैठक स्थगित भएको दावी गरे पनि आफ्नै पार्टीभित्र समस्या देखापरेपछि प्रचण्ड बैठक राख्नबाट हच्किएका हुन् । आठौं महाधिवेशनअघि कायम १६ सदस्यीय स्थायी समितिमा अब १७ जना थपिने भएका छन् । पदाधिकारी नै १४ जना हुनेछन् ।
माओवादीले पदाधिकारीदेखि पोलिटब्युरो सदस्यसम्मका लागि महिला र युवा नेतृत्वलाई प्राथमिकता दिने जनाएको छ । सबैभन्दा समावेशी नेतृत्वको अभ्यास गरिरहेको दावी माओवादीले गरिरहेको छ । प्रचण्डले पार्टीका नेताहरूसँग निरन्तर छलफल गरिरहका छन । शक्ति बस्नेत, हरिबोल गजुरेल, नारायणकाजी श्रेष्ठ र अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्मासँग प्रचण्डले निरन्तर छलफल गर्दा पनि पदाधिकारी र महासचिवको टुंगो लगाउन सकेका छैनन । अध्यक्ष प्रचण्डले सहमतिअनुसार नै पदाधिकारी चयन हुने नेताहरूलाई जानकारी गराएको तर सहमतिमा वर्षमान पुन नै हुनपर्ने अडान राखेको स्रोतले जनाएको छ ।
गत पुस ११ देखि १८ गतेसम्म चलेको महाधिवेशन अध्यक्षमा प्रचण्डलाई चयन गरेको हो । अन्य पदाधिकारी चयन गर्न बाँकी छ । उपचारका क्रममा चीनमा रहेका वर्षमान पुनले आफ्नो उपस्थिति नभई महासचिवलगायत पदाधिकारी चयन नगर्न आग्रह गरेपछि बाँकी राखिएको थियो । चीनबाट उनी स्वदेश फर्किएकै दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफू पनि महासचिव पदको दाबेदार रहेको र परिस्थिति चुनावतिर मोडिए चुनावमै जानसमेत तयार रहेको कुरा पुनले बताएका थिए । २ सय ९९ जना केन्द्रीय सदस्यमध्ये माओवादी केन्द्रको महाधिवेशनबाट २ सय ४६ सदस्य मात्र चयन भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
१३ अंकले घटेर २६६७ अंकमा रोकियो नेप्से, ७ अर्ब ७२ करोड ८८ लाखको शेयर किनबेच
मंसिर ९, २०८१ आइतबार
लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार