लागुपदार्थ प्रयोगकर्ता बढेपछि महोत्तरीमा बन्यो सुधार गृह
नेपालबहस संवाददाता
माघ २८, २०७८ शुक्रबार १९:२८:१
♦ विशाल बस्नेत
२८ माघ, महोत्तरी । महोत्तरीको गौशालामा सुधार गृह बन्ने भएको छ । झन्डै ८४ लाख लागतमा बन्न लागेको सुधार गृह ६ महिनाभित्र तयार हुने निर्माणको जिम्मेवारी पाएको कम्पनी एसडी कन्स्ट्रक्सनले जनाएको छ ।
मधेस प्रदेशको मध्य भागमा बन्न लागेको सुधार गृहले लागुपदार्थको नसामा डुबेर परिवार, समाजमा असर परिरहेका महोत्तरीमात्र नभएर आठवटै जिल्लाका युवाहरूका लागि महत्त्वपूर्ण हुने विश्वास लिइएको छ ।
मधेस प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको पहलमा बन्न लागेको सुधार गृहको नाम सहिद शेखर स्मृति सुधार गृह राखिएको छ । १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा रौतहटको कटहरियामा मारिएका शेखरको सम्झनामा सुधार गृह बनाइएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ ।
गौशाला(८ स्थित सोनी खोल्सीमा बन्न लागेको नवनिर्मित भवनको बिहीबार आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले शिलान्यास गरेका थिए । मन्त्री साहले यही बजेटले मात्र संरचना निर्माण पर्याप्त नहुने भएकाले बहुवर्षीय भवन बनाउन बजेटका लागि आवस्यक पहल गर्ने प्रतिबद्धतासमेत जनाए ।
सुधार गृहका लागि गौशाला नगरपालिकाले झन्डै दुई कठ्ठा जग्गा उपलब्ध गराएको छ । मन्दिर र जंगलको बीचमा रहेको सुधार गृह हरेक हिसाबले सुरक्षित र मैत्रीपूर्ण हुने नगर प्रमुख शिवनाथ महतोको भनाइ छ । महोत्तरी भारतीय सिमा नाकाबाट नजिक भएको हुँदा पनि अन्य जिल्लाको भन्दा लागुपदार्थ कारोबार तथा यस्को नसामा लाग्नेको संख्या अधिक रहेको प्रहरीको तथ्यांकले देखाएका छन । पछिल्लो तीन महिनामा महोत्तरीमा १४९ जना लागुपदार्थ कारोबार तथा प्रयोग गर्ने पक्राउ परेका छन् । ठूलो मात्रामा गाजा, लागुऔषध तथा सिरिन्ज बरामद भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
धनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा
पुष १३, २०८१ शनिबार
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण
पुष १३, २०८१ शनिबार
सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न कामपाको पत्राचार
पुष १३, २०८१ शनिबार
ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै
पुष १३, २०८१ शनिबार
१३ दिनमा पश्चिम नेपालमा ७ पटक भूकम्पको पराकम्प
पुष १३, २०८१ शनिबार
कर्णाली नदीमा डोजर पल्टिँदा सहचालक बेपत्ता, चालकको उद्धार
पुष १३, २०८१ शनिबार