केन्द्रीय बैंकले जारी गर्यो विद्युतिय माध्यमबाट प्रवाह हुने कर्जा मार्गदर्शन, २ लाखसम्म विद्युतीय माध्यमबाटै कर्जा पाइने

नेपालबहस संवाददाता
माघ २८, २०७८ शुक्रबार १९:३०:४

२८ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समय विद्युतीय माध्यमबाट बढ्दै गएको कारोबारलाई मध्यनजर गरी कर्जा समेत विद्युतीय माध्यमबाटै लिन सकिने गरी विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा मार्गदर्शन जारी गरेको छ।
राष्ट्र बैंकले विद्युतीय माध्यमबाटै कर्जा लगानी गर्न सकिने गरी उक्त मार्गदर्शन जारी गरेको हो।
विद्युतीय कर्जा प्रवाह गर्न सम्भावित ऋणीबाट कर्जा आवेदनदेखि कर्जा असुलिसम्मका कार्य सहजिकरण गर्न बैंक तथा वित्तीय संस्थाले आवश्यकताअनुसार अन्य भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई प्रतिनिधिको रुपमा संलग्न गराउन सक्नेछन्।
बैंक तथा वित्तीय संस्थाले तलबी खाता रहेका वा पेशागत तथा व्यवसायीक आय जम्मा हुने खाता रहेका ग्राहकको हकमा अधिकतम ५ लाख रुपैयाँसम्म र अन्य ग्राहकको हकमा अधिकतम २ लाख रुपैयाँसम्म विद्युतीय कर्जा उपलब्ध गराउन सक्नेछन्। यस्तो कर्जाको अवधि अधिकतम ३ वर्षसम्म हुने छ।
कर्जा भुक्तानी गर्दा किस्तामा वा एकैपटक भुक्तानी गर्न सकिने गरी कर्जा प्रवाह गर्न सकिने छ।
विद्युतीय कर्जा लगानी गर्नको लागि ग्राहकबाट आवेदन लिन बैंक तथा वित्तीय संस्थाले एक छुट्टै पोर्टलको व्यवस्था गरी आवेदन लिने व्यवस्था गर्नुपर्नेछ। अर्थात आफ्नो मोबाइल एपबाट समेत यस्तो आवेदन लिन सक्नेछन्।
आवेदनपश्चात ग्राकसँग सम्बन्धित सुचना विद्युतीय माध्यमबाट प्राप्त गर्नुपर्ने छ भने आवेदक योग्य भए विद्युतीय माध्यमबाटै कर्जा स्वीकृत भएको जानकारी दिनुपर्नेछ।
स्वीकृत कर्जा ग्राहकको खातामा जम्मा गरी त्यसको जानकारी ग्राहकलाई दिनु पर्नेछ।
यसरी कर्जा लगानी गर्दा ग्राहकसँग कर्जा सेवा शुल्क तथा तेश्रो पक्षलाई बुझाउनु पर्ने शुल्क बाहेक अन्य शुल्क लिन पाइने छैन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको आग्रह
पुष ४, २०८१ बिहिबार
कर्णाली याक्सले जनकपुरलाई दियो ११९ रनको लक्ष्य
पुष ४, २०८१ बिहिबार
सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ५२ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार