कांगेस वरिष्ठ नेता शेखर कोइरालाले भने जस्तै यसकारण राजनीतिले नेपाली जनताको समर्थन प्राप्त गरेको हुनुपर्दछ
यज्ञप्रसाद भट्टराई
माघ २९, २०७८ आइतबार ३:५२:५१
नेपालको राजनीतिमा बिगत केही समयदेखि मौलाएको एउटै मात्र कुरा हो अविश्वास र अराजकता । राजनीतिमा विश्वासको अभाव भयो भने ईमान्दार राजनीतिको कल्पना गर्न सकिदैन । प्रतिपक्षसँग मात्र हैन स्वयं आफ्नै दलभित्र पनि मडारिएका अविश्वासका बादलहरुलाई हटाउन सकिएन भने नेपालमा दलीय व्यवस्थाको भविष्य समेत अप्ठ्यारोमा पर्न सक्ने अवस्था देखिदैछ ।
जनताका समस्याका चाँङ्गहरुलाई एकातिर पन्छ्याएर केबल केही मुठीभर नेता र तिनै नेताका आफन्तका मनोकांक्षा पुरा गर्ने साधन बन्न थालेपछि नेपाली जनतामा बहुदलीय व्यवस्था र त्यस व्इवस्थाका लागि लडेका नेताहरु प्रति बितृष्णा पैदा हुँदै गएको कुरामा भने अब कसैले डोकोले छोप्नु पर्ने अवस्था नै रहेन ।
वर्तमान दलका नेताहरुमा देश र जनताको पक्षमा कसरी काम गर्ने ? जनकेन्द्रीत बिकासका योजनाहरु कसरी बनाउने ? र बनाईएका योजनाहरु कसरी समयमै एवं जनताको प्रत्यक्ष सहभागितामा कार्यान्वयन गराउने भन्ने कार्यनीति बनाउने भन्दा पनि कसरी नेताको अघिपछि लागेर चुनावमा टिकट हत्याउने ? भन्ने चिन्ता मात्रै बढी मात्रामा रहँदै आएको देखिएको छ । यसैका कारण देश र जनताले प्रजातन्त्र र गणतन्त्र प्राप्ति पछिका यतिका बर्षसम्म पनि अपेक्षित उपलब्धि हाँसिल गर्न सकेनन् । यो कुरामा भने कसैको पनि दुईमत नहुन सक्छ ।
अब जनताका सरोकार जनताकै विचारका आधारमा देश बिकासको खाका कोर्न जरुरी छ । यसले मात्रै नेता र जनता बीचको धुमिल भएको सम्बन्ध संलिन सक्नेछ ।
त्यसैले अब हामीले एउटा दृढ प्रतिज्ञा गर्न जरुरी छ कि अब बन्ने विकासका योजनाहरु जनताको चाहनाका आधारमा र जनताका आवश्यकताका आधारमा बनाउन जरुरी छ । यसका लागि हामीले सोही अनुरुपको नीति र कार्यक्रम बनाउन चाहन्छौ । आम नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको एउटै चाहना के छ भने जनताका समस्या बुझ्न नेपाली कांग्रेस अब जनताका घरआँगनमा जान जरुरी छ । यसरी जनताको आँगनमा पुगेर जनताको प्रत्यक्ष सहभागितामा लिईएका जनताका आवश्यकताका बिषयहरुलाई लिखित रुपमा दस्ताबेजिकरण गरिनु पर्दछ ।
यसले देशैभरिबाट आवश्यकताको पहिचान, कार्यक्रम र बजेटसहितको सर्वेक्षण हुनेछ । सोही सर्वेक्षणका आधारमा नै नेपाली कांग्रेसको निर्वाचन घोषणापत्र निर्माण गर्नुपर्दछ । राजधानीका तारे होटलमा बसेर बनाईएका बिकास योजनाले नेपाली जनताको आवश्यकता र चाहनाको सम्बोधन गर्न सकेन । अब जनताका सरोकार जनताकै विचारका आधारमा देश बिकासको खाका कोर्न जरुरी छ । यसले मात्रै नेता र जनता बीचको धुमिल भएको सम्बन्ध संलिन सक्नेछ ।
जनताका प्रत्यक्ष सरोकार रहने बिषयहरुमा राज्य र सरकारको प्रत्यक्ष उपस्थिति भएको हुनु पर्दछ । शिक्षा, स्वास्थ्य, सुरक्षा जस्ता बिषयहरु जनतालाई निःशुल्क रुपमा उपलब्ध गराउने बिषयमा सरकार संवेदनशील बन्ने हो भने नागरिकले नेपाली कांग्रेसलाई कहिल्यै बिर्सने छैनन । यसका लागि हामी नेपाली कांग्रेसका सबै नेताहरुको दृढ संकल्प हुन जरुरी छ ।
यसरी जनताका झुपडीमा बसेर लिईएका बिकासका कार्यक्रमहरु र तिनलाई कार्यान्वयन गर्न के कस्ता योजनाहरु बनाउने र कसरी बिकासका योजना एवं कार्यक्रमहरु सञ्चालन गर्ने भनेर बनाईएका कार्यक्रमहरुलाई नै नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा समाबेश गर्नुपर्दछ । यही घोषणापत्रलाई ईमानदारिताका साथ कार्यान्वयन गर्ने, गराउने प्रतिबद्धतासहित नेपाली कांग्रेसलाई पुनः एकपटकका लागि बहुमत प्रदान गरिदिन आम नेपाली जनसमुदायसँग हार्दिक अनुरोध गर्नुपर्नेछ । यसले नेपाली कांग्रेसको छवि उच्च हुनुका साथै जनताको बिश्वास र समर्थन समेत प्राप्त हुन सक्नेछ । यसले नेपाली जनताको आशा, विश्वास र भरोसा नेपाली कांग्रेस तर्फ बढेर जानेछ र नेपाली कांग्रेसले स्पष्ट रुपमा बहुमत पनि प्राप्त गर्नेछ ।
अबको निर्वाचनबाट बन्ने नेपाली कांग्रेसको बहुमतप्राप्त सरकारले नेपाली जनताको प्रत्यक्ष संलग्नतामा निर्माण गरिएको घोषणापत्रमा उल्लेख भएका तिनै कार्यक्रममा आधारित रही स्थानीय तह, प्रदेश तह र संघीय तहमा उपलब्ध हुने बिकास बजेटलाई उच्चतम रुपमा सदुपयोग गर्दै देश बिकासको गतिलाई द्रुततर रुपमा अगाडि बढाउनु पर्नेछ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सभापतिका प्रत्यासी डा. शेखर कोइराला भन्नुहुन्छ, मैले पटकपटक भन्दै आएको छु, हामीले गर्ने राजनीतिले नेपाली जनताको समर्थन प्राप्त गरेको हुनुपर्दछ । जनताका प्रत्यक्ष सरोकार रहने बिषयहरुमा राज्य र सरकारको प्रत्यक्ष उपस्थिति भएको हुनु पर्दछ । शिक्षा, स्वास्थ्य, सुरक्षा जस्ता बिषयहरु जनतालाई निःशुल्क रुपमा उपलब्ध गराउने बिषयमा सरकार संवेदनशील बन्ने हो भने नागरिकले नेपाली कांग्रेसलाई कहिल्यै बिर्सने छैनन । यसका लागि हामी नेपाली कांग्रेसका सबै नेताहरुको दृढ संकल्प हुन जरुरी छ ।
३० बर्ष भन्दा बढी नेपाली राजनीतिको मियोको रुपमा रहेर देश र जनताको नेतृत्व गरेको नेपाली कांग्रेस, त्यसको दुईगुणा भन्दा बढी देशमा नागरिक स्वतन्त्रताको लागि लडेका नेताहरुले अब जीवनको उत्तरार्धमा केही भए पनि जनताले सम्झन लायक काम गर्न जरुरी छ ।
विश्वेश्वरप्रसाद कोइराला र उनैले निर्माण गरेको नेपाली कांग्रेसलाई भजाएर देशको नेतृत्व तहमा पटक पटक पुग्न सफल नेपाली कांग्रेसका नेताहरुमा अब बुद्धि पलाउन जरुरी छ कि अब एकपटक बीपीले परिकल्पना गरेको कांग्रेस बनाउन लागि पर्नेछौ भनेर । यसले नेपाली जनताको नजरमा बिग्रन लागेको नेपाली कांग्रेसको छवि सुधार्न सहयोग समेत पुर्याउने छ । त्यसैले वर्तमान नेपाली कांग्रेसको नयाँ नेतृत्व यतातर्फ अग्रसर हुनुपर्छ । यति भएपछि मात्रै अबको नेपाली कांग्रेसको आगामी नेतृत्व युवापुस्ताले गर्नेछ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार