स्याङ्जा बाडखोला मुस्लिम समाजको सहयोग
नेपालबहस संवाददाता
फागुन १, २०७८ आइतबार १९:१७:११
♦ प्रकाश डोटेल
१ फागुन, स्याङ्जा । स्याङजा बाड्खोला मुस्लिम समाज पुतलीबजार नगरपालिका–३, ले एक कार्यक्रमकाबीच फेदीखोला गाउँपालिकामा रहेको अमोर सेवा नेपालमा रहेका २७ बालबालिकाहरुलाई शैक्षिक सामग्री, खाद्यान्य र नगद हस्तान्तरण गरेको छ ।
शैक्षिक सामाग्री हस्तान्तरण गर्दै स्याङजा बाड्खोला मुस्लिम समाजका अध्यक्ष सैदुदिन मियाँले अनाथ बालबालिकाहरुलाई र गरिव जेहेन्दार बालबालिकाहरुलाई खुलेर सहयोग गर्नुपर्ने बताए । उनले ईस्लाम धर्मले नै गरिव जेहन्दार बालबालिकाहरुलाई अनिवार्य रुपमा सहयोग गर्नुपर्ने बताए अनुरुप सहयोग गरिएको जानकारी दिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा पुतलीबजार नगरपालिका–३ का वडा सदस्य अली मोहम्मद र नुरी ईलामीक विद्यालयका पुतलीबजार नगरपालिका–३ का अध्यक्ष अली मियाँ ‘मुमु’ लगाएतले मन्तव्य राखेका थिए । शैक्षिक सामग्री ग्रहण गर्दै अमोर सेवा नेपाल बालगृहकी अध्यक्ष कमला पराजुलीले सहयोगी हात स्याङजा बाड्खोला मुस्लिम समाजलाई धन्यबाद ज्ञापन गरिन् । कार्यक्रमको संचालन सचिव इकबाल अलिले गरेका थिए ।
लामो समय देखी छिमेकी जिल्लाहरुमा समेत सहयोग उपलब्ध गराएको स्याङजा बाड्खोला मुस्लिम समाजले जनाएको छ । मुस्लिम समाजले आउने पिडीलाई असल चरित्र निमार्ण गर्नको निम्ती जानकारी सहित विभिन्न सचेतना मुलक कार्यक्रमहरुको आयोजना गरेको नुरी ईलामीक विद्यालयका अध्यक्ष अली मियाँ ‘मुमु’ ले बताए ।
स्याङ्जा बाड्खोला मुस्लिम समाजको समन्वय गरेर बाड्खोला मुस्लिम युथ क्लबले तनहुँ जिल्लाको तुरतुरे बजार निबासी एक महिलालाई आर्थिक सहयोग स्वरुप पचिस हजार सहयोग हस्तान्तरण गरेको छ । सहयोग हस्तान्तरणमा क्लबका अध्यक्ष अयुब मियाँ, सचिब मकबुल मियाँ, स्याङ्जा मुस्लिम युथ का अध्यक्ष सागिर अलिले सहजीकरण गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
अदालत उपस्थित गराइए रवि लामिछाने, उनी पक्षधर वकिलबाट थुनछेक बहस सुरु
माघ २, २०८१ बुधबार
खलनायकले ओठमा चुम्बन गरेपछि...
माघ २, २०८१ बुधबार
सरकारविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार