महाअभियोगकाे संयाेगः दुवै प्रधानन्यायाधीश विरुद्ध स्थानीय निर्वाचन घाेषणा लगत्तै प्रस्ताव दर्ता
नेपालबहस संवाददाता
फागुन १, २०७८ आइतबार २१:१४:५७
१ फागुन, काठमाडौं । सत्तारुढ पार्टीहरुले आज संसद सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । महाअभियोग प्रस्ताव दर्तासँगै प्रधानन्यायाधीश राणा निलम्बनमा परेका छन् ।
करिव ४ वर्ष अघि तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध पनि यसैगरी महाअभियोग प्रस्ताव दर्ता भएको थियो । चार वर्षको अन्तरालमा दर्ता भएका यी दुई महाभियोग प्रस्तावबीच एउटा कुरा समान छ । त्यो हो– यी दुवै महाअभियोग प्रस्ताव स्थानीय तहको निर्वाचन मिति घोषणा भएपछि दर्ता भएका हुन् ।
यसअघि २०७२ असोज ३ गते नयाँ संविधान जारी भएपछि सरकारले २०७३ साल फागुन ९ गते एकै चरणमा २०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको थियो । पछि उक्त निर्णय संशोधन गर्दै तीन चरणमा स्थानीय तहको निर्वाचन गरिएको थियो ।
त्यतिबेला नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गरेका थिए । नेपाली कांग्रेसले प्रचण्डको सरकारलाई साथ दिएको थियो । निर्वाचनको मिति नजिकिँदै गर्दा २०७४ वैशाख १७ गते तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध कांग्रेस र माओवादीले महाअभियोग दर्ता गरेका थिए ।
महाअभियोगको प्रस्तावक कांग्रेस नेता मीन विश्वकर्मा बनेका थिए भने समर्थक माओवादीका तत्कालिन सचेतक टेकबहादुर बस्नेत । कार्कीको कार्यकाल करिब एक महिना बाँकी हुँदा उनीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको थियो । प्रस्तावमा तत्कालिन २५१ सांसदको हस्ताक्षर रहेको थियो ।
संयोग हो वा योजनाबद्ध स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको छ । सरकारले गत माघ २४ गते स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकैचरणमा गर्ने घोषणा गरेको थियो ।
आइतबार दर्ता गरिएको महाअभियोग पत्रमा कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी) का ९८ जना सांसदहरुको हस्ताक्षर रहेको छ । अहिले सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका छन् भने सरकारमा माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी, नेपाल सहभागी छन् । दुवै महाअभियोगमा कांग्रेस र माओवादी सहभागी भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार