भ्यालेन्टाइन डेमा टेलिकमको अफर, भोल्टी कल निःशुल्क !
नेपालबहस संवाददाता
फागुन १, २०७८ सोमबार ०:३१:५३
१ फागुन, काठमाडौं । नेपाल टेलिकमले भ्यालेन्टाइन डे अफर ल्याएको छ । भ्यालेन्टाइन डेको अवसरमा टेलिकमले अनलिमिटेड डेटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको हो ।
यो अफर फागुन १ र २ गते ‘फेब्रुअरी १३ र १४ तारिख’ का लागि उपलब्ध छ । अफरअन्तर्गत ४९ मा एक एमबीपीएस अनलिमिटेड डेटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा ‘डे कम्बो अफर’ उपलब्ध हुनेछ ।
*1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने टेलिकमले जनाएको छ । यसैगरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको छ ।
यो सेवा एक्टिभेट गर्न आफ्नो मोबाइलबाट *444# डायल गर्नुपर्ने कम्पनीले जनाएको छ । सेवा प्रयोग गर्न सिम र मोबाइल सेट दुवैले भोल्टी सपोर्ट गर्ने हुनुपर्छ । निःशुल्क कल सुविधा नेपाल टेलिकमको नेटवर्कभित्र गरिने कलमा मात्र लागू हुने छ ।
साथै, भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते एमपोसबाट गरिने २०० देखि ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डेटा र ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डेटा बोनसको रुपमा निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल टेलिकममा रोबोट सेवा सुरु
मंसिर २, २०८१ आइतबार
नेपाल टेलिकमको अवरुद्ध मोबाइल सेवा सञ्चालन
मंसिर २, २०८१ आइतबार
गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन
कात्तिक १४, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार