तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
फागुन २, २०७८ सोमबार १०:४५:४६
वि.सं.२०७८ साल फाल्गुन ०२ गते । सोमबार । ईश्वी सन् २०२२ फेव्रुवरी १४ तारिख । नेपाल संवत् ११४२ । राक्षस संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–त्रयोदशी, बेलुकी ०८ बजेर १३ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–पूनर्वसु, बिहान ११ बजेर ५५ मिनेट उप्रान्त तिष्य । योग–आयुष्मान, बेलुकी ०९ बजेर ४७ मिनेट उपान्त सौभाग्य । करण–कौलव, बिहान ०७ बजेर २२ मिनेट उप्रान्त तैतिल, बेलुकी ०८ बजेर १३ मिनेट उप्रान्त गर । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५० मिनेट । दिनमान २७ घडी ५२ पला ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहदा चाहदै पनि घरायसी शुख सुबिधाहरु प्रयोग गर्न नपाउदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरु हावी हुनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथिहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुनेछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। मेहनत गर्दागर्दै पनि उपलब्धी प्राप्त गर्न मुस्किलै पर्ने समय छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्नाले पनि दुःख पाइनेछ। आफ्नै कमजोरीले काममा बाधा हुने सम्भावना देखिन्छ। आफन्त तथा दाजुभाईबाट सहयोग पाईने छैन भने बिवाद बढ्ने योग रहेकोछ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- सबैको सहयोग पाईने हुँदा प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । बोलेर गर्ने कुनैपनि पेशा व्यावसाय फस्टाएर जानेछ । समय अनुशार विचार सिर्जना गर्न सकिने हुँदा धेरैको मन जित्न सकिनेछ । कुटुम्ब तथा आफन्तसँग मिलेर गर्ने कुनै पनि व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । गित संगित तथा मोडलिङ पेशा व्यावसायबाट भनेजस्तो आम्दानी हुनेछ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- नयाँ प्रविधिको प्रयोग गरी व्यापारलाई बिस्तार गर्न सकिनेछ । पढाईलेखाईमा सुधार भएर जानेछ भने मेहनेतले गन्तव्य पहिल्याउन सहज हुनेछ । प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ । नयाँ कामको खोजी गर्नेहरुले नोकरीमा प्रवेश तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेकोछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले समयको सुक्ष्म व्यावस्थापन गर्न सके मान सम्मान तथा प्रतिष्ठा कमाउने समय रहेकोछ ।
सिंह‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- लामो दुरिको यात्रा हुनेछ भने यात्राका क्रममा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । काम गर्दा निति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा कममात्र आम्दानी हुँदा आर्थिक क्षेत्र कमजोर रहनेछ । भौतिक सम्पती तथा द्रब्य हराउन सक्छ ध्यान दिनुहोला । प्रेममा अबिश्वास गर्नाले टाडिनु पर्ने हुन सक्छ । तरपनि विदेशी सामानको व्यापार भने फस्टाएर जानेछ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- व्यापार व्यावासाय फस्टाएर जानेछ भने धन आगमनको गतिलो योग रहेकोछ । बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत कारोबारहरु बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानी हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- स्वास्थ्य कमजोर रहने र पारिवारिक स्वास्थ्यमा धन खर्च हुनेछ । जग्गा तथा सवारीसाधन सम्बन्धी झमेलामा फस्ने ग्रहयोग रहेकोले ख्याल गरेर काम गर्नुहोला । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको शिकार होईनेछ । मायाप्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा छुट्टिनु पर्ने बाध्यता आउनेछ । पढाइ लेखाइमा भने बिद्यार्थी बर्गहरुले अली बढी ध्यान दिए सफलता हात पार्न सक्नेछन् ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- भाग्य तथा समयले साथ दिने हुदा आटेको तथा ताकेको काम सजिलै बन्नेछन् । सामाजिक तथा सरकारि क्षेत्रमा रहेर जनतको काम गर्ने अवसर प्राप्त हुनेछ । खोज मुलक काममा सफलता मिल्नेछ भने अध्ययनमा रुची बढ्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागी दिन राम्रो रहेकोछ । शिक्षा तथा धार्मिक क्षेत्रसँग सम्बन्धीत कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने धार्मिक यात्रा हुनेछ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- आफन्त तथा दिदिबहिनीसँग साना कुरामा राय बाजिनेछ भने घमण्ड गर्ने बानिले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरु हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलिमा रुखोपना बढी आउने हुँदा आफन्त तथा साथिभाईहरु टाडिनेछन् । भौतिक सम्पती प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । मायाप्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ । तरपनि नसोचेको धन तथा सम्पती प्रयोग गर्न पाईने हुँदा मन प्रशन्न रहनेछ ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । मायाप्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिती अनुसार नचल्नाले दुःख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछी परिने चिन्ताले सताउनेछ । सवारीसाधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहने हुनाले तपाईको प्रतिस्पर्धीको रुपमा अरुनै देखा पर्नेछन् । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । आउनु पर्ने रुपैया पैसा नआउने तथा आफन्तलाई दिएको धनले सत्रुता बढाउनेछ । धन सम्पती हराउने तथा चोरी हुने हुनाले यात्रा गर्दा ख्याल गर्नुहोला । प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ भने मामा तथा आफन्तसँग विवाद बढ्नेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- मेहनेतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम एक कदम अगाडी आउनेछ । सन्तान तथा छोराछोरीले प्रगति गर्ने हुनाले मन प्रशन्न रहनेछ । मायाप्रेमको गाठो कसिलो भएर जानेछ भने जीवन साथिले तपाईको काममा सहयोग गर्ने हुँदा समयमा नै काम सकाउन सकिनेछ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार