कास्कीमा दूध तथा दुग्ध पदार्थको मूल्य वृद्धि
नेपालबहस संवाददाता
फागुन २, २०७८ सोमबार १०:४५:९
२ फागुन, गण्डकी । कास्की दूध व्यवसाय सङ्घ कास्कीको आइतबार बसेको बैठकले दूध तथा दुग्ध पदार्थमा मूल्य वृद्धि गरेको छ । किसानको व्यावसायिक उत्पादनमा लागत मूल्य बढ्न गएका कारण मूल्य वृद्धि गर्नुपरेको जनाइएको छ ।
सङ्घले प्रेस विज्ञप्ति प्रकाशित जारी गरी नेपाल सरकारले २०७८ माघ १७ गते दूधमा गरेको मूल्य वृद्धिलाई पनि मध्यनजर राख्दै यही मिति २०७८ फागुन ०५ देखि लागू हुने गरी बढेको जनाएको छ ।
सङ्घका अध्यक्ष वीरेन्द्र भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा दूध तथा दुग्ध पदार्थको मूल्यमा ७०५ किसानलाई र ३०५ व्यवसायीलाई रहने गरी दूधको मूल्य वृद्धि भएको निर्णय गरिएको उल्लेख छ । यसबाट उपभोक्ता वर्गमा पर्न गएको असुविधाप्रति कास्की दूध व्यवसायी सङ्घ क्षमा प्रार्थी भएको विज्ञप्तिमा जनाइएको छ ।
फ्याट छ÷एसएनएफ आठ भएको भैँसीको दूध प्रतिलिटर १३० रुपैयाँ, फ्याट पाँच÷एसएनएफ आठ भएको भैँसीको दूध प्रतिलिटर १२० रुपैयाँ, फ्याट चार÷एसएनएफ आठ भएको गाईको दूध प्रतिलिटर १००, नौनी ध्यू प्रतिकेजी ९००, पनिर प्रतिकेजी ८००, कुराउनी प्रतिकेजी एक हजार, चिज प्रतिकेजी एक हजार १००, घ्यू प्रतिलिटर एक हजार १००, सादा दही प्रतिलिटर १४०, बट्टा दही ‘स्पेशल’ प्रतिलिटर १७० मूल्य कायम गर्ने निर्णय गरिएको सचिव जमूना ढकाल जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिर्तामोड नगरपालिकाले तोक्यो तरकारीको न्यूनतम् समर्थन मूल्य
माघ १५, २०८१ मंगलबार
सुन्तला खेतीले फेरियो दोसल्ले गाउँको मुहार
माघ १४, २०८१ सोमबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार
नगद अभावग्रस्त श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो
माघ १५, २०८१ मंगलबार
पाकिस्तानमा गलत सूचना फैलाउन प्रतिबन्ध, ३ वर्षको जेल सजाय
माघ १५, २०८१ मंगलबार