क्रिप्टोकरेन्सी जस्ता अनलाइन व्यपारमा संलग्नलाई कडा कारवाही हुने
नेपालबहस संवाददाता
फागुन २, २०७८ सोमबार १०:५५:२१
२ फागुन, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ ले क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङ जस्ता व्यवसाय गैरकानूनी रहेकाले त्यस्ता व्यवसायमा संलग्न जो कोहीलाई पनि कडा कारवाही हुने चेतावनी दिएको छ ।
ब्युरोले आज एक सूचना जारी गरी यस्ता व्यवसाय नेपालमा प्रतिबन्ध भइसकेकाले ब्यूरोबाट सूक्ष्म निगरानी भइरहेको तथा विगतमा संलग्न व्यक्तिउपर अनुसन्धान गरी कानूनी कारवाहीसमेत जारी रहेका सन्दर्भमा उक्त व्यवसाय सञ्चालन तथा कारोबार नगर्न नगराउन अनुरोध गरेको छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय ‘नियमित गर्ने’ ऐन, २०१९ बमोजिम नेपाल राष्ट्र बैंकमार्फत गएको माघ ९ गते क्रिप्टोकरेन्सीअन्तर्गतका अनलाइन कारोबार तथा डिजिटल नेटवर्किङ व्यापार गैरकानूनी रहेको स्पष्ट भइरहेको छ ।
यस्ता गैरकानूनी कार्य भइरहेको कुनै सूचना प्राप्त भएमा सूचना उपलब्ध गराउनसमेत ब्यूरोले नागरिकमा अनुरोध गरेको छ । उक्त कसुरमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९६ बमोजिम बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना तथा तीन वर्ष कैद वा दुवै सजायको व्यवस्था रहेको सिआइबीका प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए ।
बिगो कायम हुन नसकेका अवस्थामा कसुरको मात्रा हेरी बढीमा रु १० लाखसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
पुष ४, २०८१ बिहिबार
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
पुष ४, २०८१ बिहिबार
बिहीबार तोलामा १७ सयले घटेर १ लाख ४९ हजारमा कारोबार भइरहेको छ सुन
पुष ४, २०८१ बिहिबार
‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा
पुष ४, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार