‘भ्यालेन्टाइन डे’लाई कसरी स्मरणीय बनाउने ?
नेपालबहस संवाददाता
फागुन २, २०७८ सोमबार ११:३७:११
भ्यालेन्टाइन डे विशेष बनाउन ठूलै योजना बनाएर घुम्ने र धेरै पैसा खर्च गर्नुपर्छ भन्ने छैन । आजको दिनलाई यसरी सामान्य ढंगले मनाएर पनि स्मरणीय बनाउन सकिन्छ ।
एक–अर्कासँग प्रशस्त समय बिताउने
प्रणय दिवसजस्तो विशेष दिनमा एक–अर्कासँग समय बिताउनु नै सबैभन्दा ठूलो उपहार हो । यसका लागि, घरमै वा बाहिर दुवैजनालाई मनपर्ने ठाउँ रोज्न सकिन्छ ।
दिनको सुरुवात र अन्त्य विशेष बनाउने
अन्य दिनभन्दा आजको दिन विशेष बनाउन बिहानको सुरुवाती र रातको अन्त्यमा सम्बन्ध अझ प्रगाढ बनाउने कोसिस गर्नुहोस् । एक–अर्कालाई मन पर्ने क्रियाकलाप गर्नुहोस् । त्यस्तै, मनपर्ने खाना खाएर र उपहार साटासाट गरेर विशेष बनाउन सकिन्छ ।
वातावरण रोमान्टिक बनाउने
वातावरण रोमान्टिक बनाउन फूल, चकलेट आदि प्रयोग गर्न सकिन्छ । एक–अर्कासँग टाढा भएका जोडीले फूल तथा उपहार पठाउन सकिन्छ । वैज्ञानिक तथ्यअनुसार फूलले मानिसमा सकारात्मक प्रभाव पार्छ । त्यसैले, सरप्राइजको रूपमा फूल पाउँदा सम्बन्ध प्रगाढ बनाउन मद्दत पुग्छ ।
योजना बुन्ने
आफ्नो प्रेमी वा प्रेमिकालाई खुसी बनाउन कुनै विशेष योजना बनाउनुहोस् । यसका लागि आफूले भेट्ने ठाँउमा फूल, र उपहारले सजाउन सकिन्छ । यसबाहेक एक–अर्काका विशेष हुनका लागि मन पर्ने परफ्युम, ड्रेसअप लगाउन आवश्यक छ ।
लभलेटर गीत-कविता लेख्ने
आफ्नो जीवनमा प्रेमी वा प्रेमिकाको महत्व झल्काएर सम्बन्ध अझ प्रगाढ बनाउन आवश्यक छ । यसर्थ, उसका लागि लभलेटर, कविता लेख्ने कोसिस गर्नुहोस् । यसले प्रेमी वा प्रेमिकालाई थप आकर्षित बनाउन सहयोग गर्छ । अझ माहोल रमाइलो बनाउन मनपर्ने गीतसमेत गाउन सकिन्छ ।
दुवैलाई मनपर्ने कुनै काम गर्ने
यही नै गर्नुपर्छ भन्ने नभए पनि दुवैलाई मनपर्ने कुनै काम गर्न सकिन्छ । सँगै बसेर काम गर्दा झन् रमाइलो महसुस गर्न सकिन्छ । समय भएमा कतै टाढा पनि जान सकिन्छ ।
सरप्राइज दिने
सरप्राइज दिँदा प्रायः हरेक मानिस खुसी हुने गर्छन् । यसर्थ, आफ्नो प्रेमीरप्रेमिकालाई खुसी बनाउन पनि कुनै विशेष सरप्राइज दिन उपयुक्त हुन्छ । त्यसका लागि, मनपर्ने परफ्युम, गहना, कपडा, घुम्न जाने टिकट आदि दिन सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
के तपाई घाँटीको संक्रमणबाट हैरान हुनुहुन्छ ?
मंसिर ५, २०८१ बुधबार
जाडोमा कपाल फुट्न थालेको छ भने यो चिजले मसाज गर्नुहोस, कुनै हानि हुँदैन
कात्तिक २८, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचविखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार
आज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमा : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार