एमाले संसदीय दलको बैठक आज बस्दै, महाअभियोगको प्रस्ताव प्रतिवादबारे निर्णय गर्ने
नेपालबहस संवाददाता
फागुन २, २०७८ सोमबार १३:१०:२४
२ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध ल्याइएको महाभियोग प्रस्तावको प्रतिवाद गर्नेबारे महत्त्वपूर्ण निर्णय गर्ने महासचिव शंकर पोखरेलले बताए ।
अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा हिजो साँझ बसेको केन्द्रीय सचिवालय बैठकपछि महासचिव पोखरेलले संसदीय दलको बैठकले यसबारे महत्त्वपूर्ण निर्णय गर्ने बताएका हुन् ।
हिजो बसेको सचिवालय बैठकले महाभियोग प्रस्ताव न्यायपालिका र लोकतन्त्रविरुद्धको षड्यन्त्रपूर्ण कदम भएको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको छ । तर प्रतिवाद कसरी गर्ने भन्नेबारे एमालेले केही बताएको छैन । हिजोको सचिवालय बैठकले सत्ता गठबन्धनले नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाभियोग प्रस्ताव ल्याएको आरोप पनि लगाएको छ ।
सत्तागठबन्धनले लोकतान्त्रिक गणतन्त्रविरुद्धका गतिविधि गरेको भन्दै महाभियोगको प्रतिवाद गर्ने र नागरिकलाई यसको विपक्षमा उभिन आग्रह गर्ने एमालेले निर्णय गरेको छ । बैठकमा अध्यक्ष ओलीले स्थानीय चुनावलाई पछि धकेल्न र एमसीसी सम्झौता पारित गर्नका लागि सत्तारुढ दलले प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याएको ब्रिफिङ बैठकमा गरेका थिए ।
यसैगरी सर्वोच्च अदालतमा विचाराधीन कतिपय मुद्दाहरुलाई प्रभावित गर्ने र अदालतलाई सत्ताको निर्देशनमा चल्ने संस्था बनाउने सत्तारुढ दलहरुको योजना रहेको पनि ओलीको निष्कर्ष छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले सचिवालय बैठक बस्दै
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’ मा कांग्रेस सभापति देउवाको शुभकामना
पुष १०, २०८१ बुधबार
चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छः उपराष्ट्रपति
पुष १०, २०८१ बुधबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
म्यानमारको अराकान आर्मीले सीमा क्षेत्र कब्जा गर्दा बंगलादेशमा असर
पुष १०, २०८१ बुधबार
के १५ हजार समलिङ्गी सैनिकलाई ट्रम्पले हटाउन खोजेका हुन् ?
पुष १०, २०८१ बुधबार
एमाले सचिवालय बैठक बस्दै
पुष १०, २०८१ बुधबार
स्याउगाउँबाट देखिएको निलगिरी हिमाल
पुष १०, २०८१ बुधबार