प्रेमदिवसको तिमीलाई असिम शुभकामना ज्यान ! मिस यू ! ! लभ यू !!!!
कुसुम सेञ्चुरी
फागुन २, २०७८ सोमबार २१:३९:५
२ फागुन, काठमाडौं । चिसो शिरेटोले मुटुसम्म बतास चलिरहेको छ । लाग्दै थियो, अब बेगसँग हावाहुरी र बताससँगै बर्षा हुनेछ । मन आफैसँग डराएर घरको झ्याल ढोका बन्द गरौँ जस्तो आभास भयाे । एक्लोपनको आभास, खासमा भन्ने हो भने कसैप्रतिको मायाको आभास ।कसैलाई मनैदेखि मनसम्म सम्झिएको आभास । आज प्रेमदिवस आफैमा ती यादगार दिनहरूको आभास ! मेराे मुटु ! आफूलाई भन्दा बढी माया गर्ने तिम्राे ज्यान !! उफ् ! म कसरी सम्हालाैं आफूलाई !!!!
कुरा केही बर्ष अगाडिको हो । जब मैले पहिलो पटक उसलाई भेटेको थिए । थाहा छैन, उसलाई भेटेदेखि म कसरी उसलाई प्रेम गर्न पुगे । आज प्रेमदिवस त्यही दिनको आभास, जून मेरा लागि पहिलो प्रेम थियो । जून युगदेखि युगसम्म जस्तै मनले मनसम्मसँगै साइनो गासेको थियो । साच्चै भन्ने हो भने उसलाई माया गरेको दिनकाे पहिलो खुशी, सबैभन्दा धेरै खुशीको भएकाे दिन । बाँकी दिन सधै खुशीमा बित्दै गइरहेका थिए !!!!!!!!!!!!!!!!!!!
आज फेब्रुअरी १४, भ्यालेन्टाईन डे अर्थात प्रेमदिवस रहेछ । यसो भनौं माया गर्ने हर मानिसको हर जोडीको दिन रहेछ । प्रत्येक वर्ष यहीँ दिनमा तिमीसँग बिताएका स्वर्णिम क्षणहरूकाे कल्पनामा निथ्रुक्क डुबेर म एउटा प्रेमपत्र कोर्ने गर्थे । आजपनि यहीँ दिनमा तिम्रो लागि प्रेमका शब्दहरु बटुल्ने प्रयास गर्दैछु । हुन त मनको माया देखाउनलाई प्रेमदिवस कुर्नुपर्ने त होइन तर यसरी पत्र कोरिरहँदा कल्पनामै भएपनि मेराे मन तिम्रो समीप फन्को मारिरहेको आभास मलाई हुन्छ !!!
यस्तो अवस्थामा एक तिमी छौ जो म जति रिसाएर झगडा गरे भने पनि झन् झन् नजिक आउँछौं । म रिसाउँदा फकाउँछौ, रुदाँ अनेक कुरा गरेर हसाउँछौं । लाग्छ, भगवानले तिमीलाई मेरै लागि पठाएको हो ।
आजको दिनमा को कता-कता छ मलाई थाहा छैन तर म सुनसान कोठामा बसेर मनमा भरिएका शब्दहरु तिमीलाई पोख्दैछु । ल्यापटपमा सानो आवाजमा गीत बजिरहेछः “देखेर तिमीलाई, हेरेर तिमीलाई, मनैमनमा माया तीन पाते भैदियो !!!”
मिठो बोली, सफाचट अनुहार, मिलेको ज्यान, चटक्क मिलेका आखीभौं, अनि मिलेको तिम्रो नाकसँगैको कपाल अनि त्यो सदावहार हाँसो । यस्तो लाग्छ, तिमीलाई नै हेरिरहुँ तिमीसँग नै बोलीरहुँ ! मेरो मनलाई सजिलैसँग पढ्न सक्ने खुबी मैले तिमीमा भरपुर देखेकी छु । म बाहिरी हाँसो हाँस्दा तिमी मात्र एउटै छौ, जसले खुशीकाे हाँसाे हाे की दुःख हाँसाे हो भनेर सोध्छौ । मेराे मन अलमल परेर कुनै निर्णय गर्न नसक्दा तिमी मात्र एउटै छौ, जसले भविष्यसम्मको बाटो देखाइदिन्छाैं । मेरो खुबीहरु मलाई भन्दा बढी तिमीलाई थाहा हुन्छ । कहिले काहिँ तिमीलाई सम्झिदाँ आफैं अचम्म पर्छु कि कसरी मलाई मैले भन्दा बढी यसले चिन्यो । अनि मनले सुटुक्क जवाफ पठाउँछ, यही त हाे साँचो माया ।
साधारण जिन्दगी बाचिरहेकी मलाई तिम्रो प्रवेशले जीवनमा केही गर्ने हौसला दियो । म भित्रको मलाई चिनाउनमा तिम्रो ठूलो हात छ । खास देखिने गरि त केही गरेको छैन जीवनमा तर विगतमा भन्दा केही भिन्नता आफुमा महसुस गरेकी छु मैले । आजको दिनमा पनि तिमीबाट टाढा हुँदा मनले साह्रै नरमाइलो मानिरहेको छ तर फेरि सोच्छु तिमी साथ हुँदा मनभरीका वह पाेखाैला । आज प्रेमदिवस छ, फेरि किन निराश हुनु ? केही समयपछि त म फेरि तिम्रै समीप पुग्नै छ ।
प्रेम मात्र यस्तो चिज रहेछ जसले पागललाई सज्जन बनाउँछ भने सज्जनलाई पागल बनाउन समय नलाउने रहेछ । प्रेमले बच्चालाई बूढो अनि बूढोलाई बच्चा पनि बनाउने रहेछ हैं ।
मेराे प्राण प्रिय ! तिम्रो कल्पनामा डुबिरहँदा गीतले अर्को परिवर्तन गरिदियो, “किन आउँछ तिम्रो याद एकान्तमा यति धेरै ।” साच्चिकै मेरै लागि गीतहरु बनेका हुन् अनि बजिरहेका छन् । आजभोलिका मानिसहरु निकै नै स्वार्थी हुँदै गएका छन् । उनीहरुले भनेजस्तो हामी बनिदिदाँसम्म मात्र साथ दिन्छन् नत्र त वर्षौं चिनजान भएकाहरु पनि क्षणभरमै अन्जान बनिदिन्छन् । यस्तो अवस्थामा एक तिमी छौ जो म जति रिसाएर झगडा गरे भने पनि झन् झन् नजिक आउँछौं । म रिसाउँदा फकाउँछौ, रुदाँ अनेक कुरा गरेर हसाउँछौं । लाग्छ, भगवानले तिमीलाई मेरै लागि पठाएको हो । तब त हरक्षण, हरपल, हरसमय तिमीलाई आफ्नै समीप भएको आभास पाउँछु । दुरीगत हिसाबले सयौं किलोमिटर टाढा छौ तर मनले तिमीलाई मेरै साथमा महसुस गरिरहेकी छु ।
प्रिय मेराे मुटु ! तिम्रो बारेमा जति नै बोलेपनि जति नै लेखेपनि कम नै लाग्छ तर पनि लेख्ने दुस्साहस गरेर कतै मैले मेरो मायालाई न्याय गरेकी त छैन ? थाहा छ । तर पनि माया पोख्ने प्रयास गरे अब यसलाई अन्त्य तिर लग्दैछु । प्रेम देख्नलाई यो शब्द दुईवटा अक्षरले बनेको हुन्छ तर यसमा भाव गहिरो लुकेको हुनेरहेछ । प्रेम मात्र यस्तो चिज रहेछ जसले पागललाई सज्जन बनाउँछ भने सज्जनलाई पागल बनाउन समय नलाउने रहेछ । प्रेमले बच्चालाई बूढो अनि बूढोलाई बच्चा पनि बनाउने रहेछ हैं । ज्यान ! त्याे तिमीलाई अझ बढी थाहा होला, यही कुरा मैले महसुस गरेकी छु ।
हिमाल ओर्लेर आएजस्तो हिउँ घरआँगनभरी ओछिएको भएपनि, वसन्त बाटैमा आउँदै भएपनि, सूर्यका किरणहरुले जमिनमा धेरैबेर बस्ने रहर गर्न नथाकेको भएपनि मान्छेको हृदयमा प्रेमको फूल फुल्न खाँचो भएको छैन । वर्षभरीका सम्झिएर बिर्सिएका या बिर्सिएर सम्झिएका अभिव्यक्तिहरुले निकास पाउने या निकास पाउनुपर्ने भ्यालेन्टाईन्स डे आफैं व्यस्त देखिन्छ बाटाेभरि !!!!
खाजा खाने समयमा पनि घण्टौंसम्म एकअर्कालाई हेरेर नथाक्ने हामी आज यादमै सीमित हुनु परेको छ । तिमी र म बीचका कहानी कुनै उपन्यासको पेजमा समेट्न खोज्दा नि सीमित हुँदैन होला । यो समय आज आफैंमा यादगार छ । सम्झिदाँ पनि मन भित्रैदेखि दुखेर आउँछ ।
दोकानका महत्वपूर्ण कुनाहरु चकलेट, मिठाई र राता अनि गुलावी रंगका कार्डहरुले सिंगारिँदा, फूल बेच्ने पसलहरु रंगरंगका गुलावले बैंश जस्तै फक्रिँदा, गहना पसलहरु बिहेको दुलही जस्तै भित्रको खुशीलाई सरममा अनुवाद गरेर गहनाको बोझले नुहेजस्तै नुहुँदा, होटेलका कोठाहरु हप्तौं अघिदेखि नै ओगटिँदा प्रेमको नशाले नछोइएका भेट्नु र शिशिरका रुखमा पात भेट्नु झण्डै झण्डै उस्तै समेत लाग्न सक्छ । अर्को तरिकाले भन्नु पर्दा प्रेमको मातले सबैलाई मताउन थालेको छ ।
अर्काको हृदयबाट अर्काकै लागि निस्किएका अभिव्यक्तिहरु किनेर आफ्नो भावनामा अनुवाद गरेर हामी आफ्ना प्रियलाई दिन्छौं । अर्काले अर्कैलाई सम्झिएर बनाएका फूलका गुच्छाहरु आफ्नो बनाएर आफ्नो माया व्यक्त गछौं । अर्काले तोकिदिएको मितिमा अर्काले गर्दै आएको रीतमा, अर्काले नै कोरिदिएको गीतमा हामी आफ्नालाई मायाका गीत गाउँछौ र आफैंले यो सबै गरेको भन्छौं । बेलुन, रेस्टुरेन्ट, गहना, चकलेट, भेकेसन, कार्डको माध्यमबाट विनिमय हुनु नै माया हो की !!!!
मेराे ज्यान ! तिमी र म सँगै हुँदा बिताएका ती पल अनि सँगै घुमेका नगरकोटदेखि चन्द्रागिरीसम्मका यादगर दिनहरु आज सम्झिदाँ सपना जस्तो लाग्छ । खाजा खाने समयमा पनि घण्टौंसम्म एकअर्कालाई हेरेर नथाक्ने हामी आज यादमै सीमित हुनु परेको छ । तिमी र म बीचका कहानी कुनै उपन्यासको पेजमा समेट्न खोज्दा नि सीमित हुँदैन होला । यो समय आज आफैंमा यादगार छ । सम्झिदाँ पनि मन भित्रैदेखि दुखेर आउँछ ।
मेरो कारणले कहिल्यै एक थोपा आँसु खसाउनु नपरोस् । हामीले बिछोडको वियोग खप्नु नपरोस् म यही चाहन्छु । बाँच्दा तिमीसँगै र मर्दा पनि हाँसीहाँसी तिमी सँगै मर्न चाहन्छु । प्रेमदिवसको तिमीलाई असिम शुभकामना ! ज्यान मिस यू ! ! लभ यू !!!!
आज बाध्यताले हामी यसरी धेरै टाढा छौं । हाम्रा जीवनका केही आधारभूत आवश्यकताहरू पनि छन् । जसलाई हामीले पूरा गर्नु छ । त्यही कारण यसरी तड्पिएर बस्नुपरेको छ । जब तिम्रो यादले सताउँछ अनि त्यही तस्बिर हेरेर चित्त बुझाउँछु । परदेशको कथा यस्तै हुँदो रहेछ । मिसकल गरेर पनि चित्त बुझाउनुपर्ने बाध्यतासँगै गुज्रँदै आएको छौंं । कहिलेकाहीँ विविध कारणले मिसकल गर्नसम्म पनि पाइँदैन । एकदिन मोबाइल भुलेर बाहिर गएको मेसो परेछ । सदाजस्तो मिसकलको जवाफमा तिम्रो मिसकल नआएपछि कामै छाडेर दुई घन्टामा मैले सयभन्दा धेरै मिसकल गरेकी थिएँ । त्यतिबेला मैले भनेकी थिएँ, “यता मलाई तिम्रो चिन्ता, उता तिमीलाई मेरो चिन्ता ।”
भन्छन्, जति टाढा भयो माया उति नै गाढा हुन्छ भनेर । साँच्चि नै हो रहेछ । सँगै हुँदाभन्दा टाढा हुँदा प्रणय दिवसको झनै महत्व हुने रहेछ, मलाई यही आभास हुँदैछ । तिम्रो सुमधुर आवाजहरू मेरो कानले सुन्न नसके पनि तिम्रो सुगन्धहरू मेरो नाकमा ठोकिने हरेक हावाहरूले ल्याएकै हुन्छ । साँझ बिहान तिमीले मेरो लागि गर्ने प्रार्थना मेरो धड्कनले सुनिरहेकै हुन्छ । यस्तै प्रार्थना गरिरहनु, त्यही प्रार्थना मैले पनि गरिरहेकी छु ।
म तिम्रो आँखाभित्र मिठो शीतलता प्रदान गर्दै नबिझाउने लालगेडी भएर बाँच्न चाहन्छु । मेरो कारणले कहिल्यै एक थोपा आँसु खसाउनु नपरोस् । हामीले बिछोडको वियोग खप्नु नपरोस् म यही चाहन्छु । बाँच्दा तिमीसँगै र मर्दा पनि हाँसीहाँसी तिमी सँगै मर्न चाहन्छु । प्रेमदिवसको तिमीलाई असिम शुभकामना ! ज्यान मिस यू ! ! लभ यू !!!!
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपधर्मेन्द्र झाको मैथिली तांका संग्रह ‘व्योमक ओहि पार’ सार्वजनिक
कात्तिक ५, २०८१ सोमबार
आगामी भदौ १४ गतेदेखि छुनुमुनु नेपाल भारत बाल नाटक महोत्सव २०८१ हुने
भदौ १८, २०८१ मंगलबार
पोखरामा अखण्डको उपन्यास ‘बोरा’ को परिचर्चा
साउन २७, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार