कास्कीमा साढे ४ वर्षभित्र ५७ हजार मतदाता थपिए
नेपालबहस संवाददाता
फागुन २, २०७८ सोमबार २१:२५:७
२ फागुन, पोखरा । कास्कीभित्र पछिल्लो साढे चार वर्षमा ५७ हजारभन्दा बढी मतदाता थपिएका छन् । २०७४ को स्थानीय निर्वाचनपछि गत २४ माघसम्म ५७ हजार १२९ मतदाता थप भएका छन् ।
२०७४ सालमै भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि भने २६ हजार ४ सय ८८ मतदाता थपिएका छन् । योसँगै कास्कीमा अब दुई लाख ८१ हजार ९४० मतदाता कायम भएका छन् । सबैभन्दा धेरै पोखरा महानगरपालिकामा ३९ हजार ६३८ मतदाता थप भएका छन् भने सबैभन्दा कम रुपामा तीन हजार ३२९ जना थप भए ।
यस्तै, माछापुच्छ्रेमा चार हजार १६७, मादीमा पाँच हजार २०० र अन्नपूर्णमा चार हजार ७९५ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ । थपिएका मतदाता माथी दावी विरोधको समय अझै बाँकी रहेको कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार
नगद अभावग्रस्त श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो
माघ १५, २०८१ मंगलबार
पाकिस्तानमा गलत सूचना फैलाउन प्रतिबन्ध, ३ वर्षको जेल सजाय
माघ १५, २०८१ मंगलबार