एमसीसी, महाअभियोग र राजनीतिक ‘कु’ तर्फ नेपाल
नेपालबहस संवाददाता
फागुन २, २०७८ मंगलबार ३:१९:२
♦सुरेशकुमार पोखरेल
मुलधारका राजनीतिक दलहरुले एमसीसी पास गर्नका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा उपर पछिल्लो समय महाभियोगको एउटा पत्ता ल्याएका छन् । महाअभियोग एमसीसीको बार्गेनिङ्ग चिप्सका रुपमा फ्याँकिएको छ ।
एकातिर जनतालाई भ्रष्टाचारीको बहिर्गमन भएको कुरामा आनन्दित बनाइदिने अर्कोतिर बिना राजनीतिक क्षति एमसीसी परित गर्ने चालवाजीमा राजनीतिक दलका मुख्य व्यक्तिहरू भित्रभित्रै हात धोएर लागिरहेका छन् ।
अबको ध्यान भ्रष्टाचारीका रूपमा उभ्याईएका चोलेन्द्रशमशेर तिर केन्द्रित गरिने ध्येय रहेको छ र दुरगामी प्रभाव र असर एमसीसी बिना राजनीतिक क्षति पूर्ति गर्न प्रयत्न गरिनेछ । अकस्मात आएको महाअभियोगको प्रस्ताव महाअभियोगतर्फ भन्दापनि एमसीसी पारित गर्नेतर्फ लक्षित छ । महाअभियोग र एमसीसी बीच गहिरो अन्तरसम्बन्ध रहेको छ । यो महाअभियोग एमसीसी परित गर्नका लागि बार्गेनिङ चिप्स बनाउन सकिन्छ कि ? भनि आएको हो ।
प्रधानन्यायाधीश उपरको महाअभियोग एमसीसी पारित गर्ने पूर्वसन्ध्यामा आएको कुराले यसलाई थप बल प्रदान गरेको छ । जबकि चोलेन्द्रशमशेरसँगको वार (अदालत विवाद) लगभग साम्य भइसकेको छ । साम्य भईसकेको र न्याय क्षेत्रभित्र नै नरुचाइएको प्रधानन्यायाधीशको राजीनामाको विवादलाई अहिले आएर महाअभियोगमा ल्याएर टुंग्याउने प्रयत्न गर्नुमा एमसीसी नै प्रमुख कारकका रूपमा रहेको प्रष्ट छ । यसरी हेर्दा बहुचर्चित फैसला र वार (चोलेन्द्र विवाद) देशीविदेशी शक्तिकेन्द्रको प्रभाव र चलखेलमा आएको हुनसक्ने कुरालाई नजरअन्दाज गर्न सकिदैन ।
भित्रभित्रै एमसीसी पक्षमा रहेका तर बाहिर खुल्न नसकेका र यसको खुलेर विरोध गरिरहेका केही राजनीतिक दलहरुलाई एमसीसीका पक्षमा सुरक्षित अवतरण गराउन र प्रधानन्यायाधीश उपरको महाअभियोग र एमसीसी पारित गर्न एउटै स्थानमा ल्याउनका लागि समेत एमसीसीको पुर्वसन्ध्यामा महाअभियोगको प्रस्ताव आएको कुरालाई नकार्न मिल्दैन ।
एउटा प्रधानन्यायाधीश मात्र नेपालको यावत क्षेत्रको भ्रष्टाचारको नायक र जननी होइनन, हुन सक्दैनन् । भ्रष्टाचार र बेतिथिलाई यहाँका राजनीतिक दल र उनीहरूको राजनीतिक संस्कार र संस्कृतिले संरक्षण गरेको छ । भ्रष्टाचारको मुलजरो राजनीति र राजनीतिक दलको कार्यशैलीमा रहेको छ । त्यसकारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर विरुद्धको महाअभियोग कुसमयको बाजा हो । यो बाजा नेपालमा ‘कु’ कै लागि बजाइएको हुनसक्ने प्रवल सम्भावना छ । (लेखक पोखरेल अधिवक्ता तथा समाजशास्त्री एवं मानवशास्त्री हुन् । )
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सभापति देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार
प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा
मंसिर ९, २०८१ आइतबार