एमसीसी पारित गर्नुपर्ने कांग्रेस संसदीय दलको निष्कर्ष
नेपालबहस संवाददाता
फागुन ३, २०७८ मंगलबार १८:१४:५६
३ फागुन काठमाडौं । नेपाली कांग्रेसले एमसीसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ । नयाँ बानेश्वरमा आज बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकमा लामो समयदेखि एमसीसीलाई रोकेर राख्दा राम्रो सन्देश नजाने भन्दै त्यसविरुद्ध फैलाइएको अफवाह चिर्न पनि संसदमा पेश गर्नुपर्ने कांग्रेसको ठहर छ ।
यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय दलको बैठकको बीचमै सभामुख अग्निप्रसाद सापकोटालाई फोन मार्फत कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गरेका छन् । बुधबारका लागि तय भएको प्रतिनिधि सभाको बैठक बस्नु अघि कार्यव्यवस्था समितिको बैठक बस्ने तयारी नगरेपछि प्रधानमन्त्री देउवाले सभामुखलाई बैठक बोलाउन आग्रह गरेका छन् ।
भोलि बुधबार बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले एमसीसी प्रस्ताव टेबल गर्ने तयारी गरेको छ । कार्यव्यवस्था समितिको बैठक नबसे संसद् सचिवालयले प्रतिनिधिसभाको सम्भावित कार्यसूची तय गर्नेछ । त्यसरी तयार गरिने कार्यसूचीमा ‘एमसीसी’ पर्ने नपर्ने टुंगो नहुने भएपछि देउवाले सभामुखलाई फोन गरेको नेताहरुले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार