बाँकेमा औलो रोगको जोखिम बढ्दै

नेपालबहस संवाददाता
फागुन ३, २०७८ मंगलबार २१:५२:२२

३ फागुन, राँझा । भारतसँगको खुल्ला सीमा नाकाका कारण बाँके जिल्ला औलो रोगको जोखिम बढेको छ । औलोको जोखिम बढी भएको भारतका विभिन्न स्थानबाट काम गरेर फर्किनेहरुले औलो लिएर आउने गरे पनि पछिल्लो समय स्थानीयवासीमा समेत औलो देखिन थालेको स्वास्थ्य कार्यालयका प्रमुख धीरजङ्ग शाहको भनाइ थियो ।
उहाँका अनुसार गत डिसेम्बर महिनामा मात्रै जिल्लामा ४५ जनामा औलो पहिचान भएको थियो । त्यसमा सबैभन्दा धेरै नरैनापुरका मात्रै ४० जना छन् । नेपालगञ्ज, कोहलपुर र डुडुवा गाउँपालिकामा एक–एकजना र खजुरा गाउँपालिमा दुईजनामा औलो पहिचान भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले जमुनाह नाका
मा राखेको हेल्थ डेस्कमा भारतबाट आउने नागरिकलाई औलो परीक्षण गर्ने गरेको छ । औलो लामखुट्टेको टोकाइका कारण लाग्ने रोग हो । औलो रोगका परजीवी भएको लामखुट्टेले टोेकेपछि १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, जोर्नीहरु दुख्ने, असजिलो महसुस हुनेजस्ता सामान्य लक्षण देखापर्ने नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए ।
नेपालगञ्जको भेरी अस्पताल, मेडिकल कलेजलगायत अस्पतालमा परीक्षण, पहिचान र उपचार निःशुल्क हुने स्वास्थ्य कार्यालयका रोग नियन्त्रण अधिकृत दुर्गा गौतमले बताए । उनका अनुसार, औलो रोग भएमा शरीरका भित्री अङ्गहरु फियो तथा कलेजो सुन्निने, रगतको मात्रा कमी हुने र परजीवीको प्रकृतिअनुसार विभिन्न लक्षण देखिने हुन्छ ।
यो रोगले सख्त रूप लिएमा मानिसको मृत्युसमेत हुने सम्भावना हुन्छ । औलो रोगको उपचारका लागि नेपालमा विभिन्न थरीका औषधि सरकारका तर्फबाट निःशुल्क उपलब्ध छ । औलोको जोखिम कम गर्न झूल तथा लामखुट्टे भगाउने रसायन प्रयोग गर्नुपर्ने हुन्छ ।
लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने तथा घर वरपर पानी जमेका खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ । राति सुत्दा सधैँ झूल प्रयोग गर्नु औलोबाट बच्ने प्रमुख उपाय भएको उनको भनाइ थियोे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसात महिनामा लुम्बिनी प्रदेशमा एक चौथाइ रकम मात्र खर्च
फागुन ९, २०८१ शुक्रबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार