संसदीय समितिले जनहितका लागि मिहिनेतका साथ काम गरिरहेको छ : अध्यक्ष तिमिल्सिना
नेपालबहस संवाददाता
फागुन ३, २०७८ मंगलबार २२:४७:५१
३ फागुन काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय समितिले कानुन निर्माणलगायत जनहितका लागि उत्साह, परिश्रम र मिहिनेतका साथ काम गरिरहेको बताएका छन् ।
विधायन व्यवस्थापन समितिको आजको बैठकमा समितिबाट भए गरेका कामको प्रगति र अभ्यासको जानकारी लिएपछि उहाँले राष्ट्रियसभा मातहतका समितिले घनिभूत र गुणात्मक ढङ्गबाट कानुन निर्माण गरिरहेको उल्लेख गरे । राष्ट्रियसभाले २०७५ सालमै पारित गरेर पठाएका कतिपय विधेयक प्रतिनिधिसभामा अझैसम्म अड्किरहेको घटना सुनाउँदै उनले अर्को हाउसले समयमा पास गरेन भने त्यसको दोषी को हुने भनी भनी जिज्ञासा राखे ।
विधायन समितिका सभापति परशुराम मेघी गुरुङले चार वर्षको अवधिमा समितिको ६७१ भन्दा बढी बैठक बसेर सहमतिका कैयौँ महत्वपूर्ण विधेयक अघि बढाएकोे जानकारी गराए । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले सरकार, राजनीतिक दल र कर्मचारीतन्त्रमा रहेको परम्परागत शैलीले कानुन निर्माणमा गुणात्मक परिवर्तन गर्न नसकिएको विचार प्रकट गरे ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले कानुन निर्माणमा तोकिएबमोजिम भन्नेजस्ता प्रावधान हटाउने समितिको अभियानप्रति आफूहरु पूर्णरुपमा सचेत रहेको जानकारी दिए । अध्यक्ष तिमिल्सिनाले संसदीय समितिका काम कारबाहीलाई प्रभावकारी तुल्याउन र सदस्यलाई प्रोत्साहन गर्न समितिका बैठकमा सहभागी हुने अभ्यासको थालनी गरेका छन् ।
विधायन व्यवस्थापन समितिमा ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथि छलफल जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोप—२९ पछि जलवायु संकट टार्न के हुन्छ अब नेपालको रणनीति ?
पुष ११, २०८१ बिहिबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
धनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
कजाकस्तान विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३८ पुग्यो
पुष ११, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
ट्रम्पका दूत रिचर्ड ग्रेनेल भन्छन्– इमरान खानलाई मुक्त गर
पुष ११, २०८१ बिहिबार
भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव
पुष ११, २०८१ बिहिबार
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
पुष ११, २०८१ बिहिबार