तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
फागुन ४, २०७८ बुधबार १३:१४:२१
वि.सं.२०७८ साल फागुन ०४ गते । बुधबार । ईश्वी सन् २०२२ फेव्रुवरी १६ तारिख । नेपाल संवत् ११४२ । राक्षस संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–पूर्णिमा, बेलुकी १० बजेर ३२ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–अष्लेषा, दिउसो ०३ बजेर ३२ मिनेट उप्रान्त मघा । योग–शोभन, बेलुकी ०९ बजेर १७ मिनेट उपान्त अतिगण्ड । करण–भद्रा, बिहान १० बजेर ०८ मिनेट उप्रान्त बव, बेलुकी १० बजेर ३२ मिनेट उप्रान्त बालव । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कर्कट, दिउसो ३ बजेर ३२ मिनेट उप्रान्त सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५० मिनेट । दिनमान २७ घडी ५९ पला ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- आमा वा आमासँग मनमुटाब बढ्ने वा छुट्टिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागी समय मध्यमय रहेकोले मान सम्मान तथा पद प्राप्तिको योग टरेर जानेछ । स्वास्थ्यमा सामान्य समस्या आउने तथा छाती सम्बन्धी समस्या बढ्नेछ । साझपख अध्ययनमा मन जानेछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- गन्तब्य बिहिन यात्राले समस्या निम्तिन सक्छ ध्यान लिनुहोला । व्यावसायिक यात्रा हुने भएपनि उपलब्धी न्यून हुनेछ । आफन्त तथा दाजुभाईसँग मनमुटाब बढ्नेछ । प्रेममा मनमुटाब सिर्जना हुने हुनाले आफ्नो मानिससँग भेटमा कुरा गर्दा ख्याल गर्नुहोला । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । कुनै पनि विवाद तथा अदालती पक्रियामा सामेल नहुनुहोला तपाईको पक्षमा निर्णय नआउन सक्छ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- कुटुम्ब तथा वाणीभावमा गोचर गर्ने चन्द्रमाले कुटुम्बसँगको बिग्रेको सम्बन्ध सुधार गर्न सकिनेछ भने बालिको माध्यमबाट राम्रा तथा परिणामूखी काम गर्न सकिनेछ । व्यावसाय फस्टाएर जानेछ भने आम्दानी बढ्ने तथा उठ्नु पर्ने रकम हात लागी हुनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागी भई स्वादिष्ट भोजनका साथ रमाईलो वातावरणमा दिन कटाउन सकिनेछ । मायाप्रेममा नजिक हुने समय रहेकोछ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडी छोडेर अग्र पंतिमा आउन सकिनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । परिवारका साथ रमाईलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । समाजसेवामा समय दिन सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ ।
सिंह‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- आफन्त तथा अग्रजहरुसँग विवाद सिर्जना हुनेछ । गैर न्ययिक काम नगर्नुहोला दण्ड तथा जरिवाना हुने समय रहेकोछ । स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढेर जानेछ । माया प्रेममा धोका हुनेछ भने पढाईलेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ । तरपनि विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने कर्म प्राप्तीको लागि लामो दुरिको विदेश यात्रा हुनेछ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- मायाप्रेममा सामिप्यता बढ्ने तथा पति पत्नी बीचको सम्बन्धमा सुधार भएर जानेछ । दाजुभाईले तपाईको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रसन्न रहनेछ । ईच्छा तथा मनोकामनाहरु पुरा हुनेछन् । दिगो काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने आम्दानीका स्रोतहरु फराकिला हुनेछन् । शेयरबजारमा गरिएको लगानीबाट भनजस्तो आम्दानी हुनेछ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- व्यापारमा नाँफा कमाउन बढि नै समय दिनु पर्नेछ भने नोकरीमा बिशिष्ट व्याक्तित्व हरुसँग बिवाद बढ्नेछ । बुवा वा अग्रजसँग कुरा नमिल्दा दैनिक कामहरु प्रभावित हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको शिकार हुनु पर्दा मन खिन्न हुनेछ । प्रेममा अनावश्यक शंका गर्नाले मनमुटाब बढ्नेछ । साझपख समय राम्रो रहेकोले व्यापारबाट लाभ लिन सकिनेछ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- आजको समय राम्रो रहेकोले धार्मिक तथा आध्यात्मिक क्षेत्रमा बिशेष चासो बढ्नेछ । पढाईलेखाई तथा खोजीमुलक क्षेत्रमा रुची बढ्नेछ भने गुरुवर्ग तथा आफन्तको सहयोगले थप हौसला प्राप्त हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट बिषेश सामान तथा उपाहार प्राप्त हुने योग रहेकोछ । पढाईकै शिलशिलामा लामो दुरिको यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । मायाप्रेममा नजिक भई रमाउने समय रहेकोछ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- पुराना लगानी गरिएका रकमहरु उठ्नाले अन्य क्षेत्रमा लगानी गर्ने बाटो खुल्नेछ । मायाप्रेममा एक अर्कालाई केही समय शंका तथा अबिश्वास गरेपनि अन्तत बिश्वास गर्दै अगाडी बढ्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने समाजसेवामा पनि समय खर्च हुनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ भने बिदेशमा बसेर प्राविधिक शिक्षा अध्ध्ययन गर्दै हुनुहुन्छ भने समय फलदायी रहेकोछ ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- बिभिन्न कारणले पढाईलेखाई प्रभावित हुनेछ । एकल तथा साझेदारी व्यावसायमा लगानी नगर्नु नै राम्रो रहेकोछ । लगानी गर्दा साझेदारहरु बीच मतभेद बढ्नेछ । पढाईलेखाईमा मन नजाने हुनाले अरुभन्दा पछी परिनेछ । भौतिक सम्पति तथा विलाशी बस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्ना घट्न सक्छ । मायाप्रेममा नजिक हुँदा बिवाद हुने तथा दाम्पत्य जीवनमा चिसो पनको बिकास हुनेछ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- कुनै पनि विवाद वा प्रतिस्पर्धामा अरुभन्दा पछी परिनेछ । मुद्दा मामिला तथा यस्तै क्रियाकलापमा सामेल नहुनु नै राम्रो रहेकोछ । आफन्त तथा कुटुम्बसँग मनमुटाब बढ्ने योग रहेकोछ । सत्रुहरुले टाउको उठाउन खोज्नेछन् ध्यान दिनुहोला । व्यापारमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिकी प्रभावित हुनेछ । तपाईको कामबाट अरुले फाईदा लिन खोज्नेछन् । साझको समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- राजनीति तथा समाजसेवामा परिश्रम गरे अनुसार पद प्रतिष्ठा पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यावसायमा मनग्गे धन आर्जन गर्न सकिने तथा कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । मायाप्रेममा नजिक हुने समय रहेकोछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण र बीआरआईबारे कांग्रेसमा छलफल
मंसिर १२, २०८१ बुधबार
झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
मंसिर १२, २०८१ बुधबार
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
मंसिर १२, २०८१ बुधबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार