युक्रेनको सीमामा तैनाथ रुसी सेना फिर्ता
नेपालबहस संवाददाता
फागुन ४, २०७८ बुधबार १४:५:१
४ फागुन एजेन्सी । रुसले युक्रेनको सीमामा तैनाथ १ लाख ३० हजार बढी सैनीक फिर्ता गर्न थालेको छ ।
युक्रेनको सीमामा पुगेका रुसी सैनिकमध्ये केही आफ्नो ब्यारेकमा फर्किन थालेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । रुसी समाचार संस्था तासले रक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै दक्षिण तथा पश्चिम मिलिटरी डिस्ट्रिक्टका सैनिकहरु आफ्नो ड्रिल सकेर फर्किन लागेको जनाएको छ ।
सैनिकहरु कोही रेल, कोही गाडी र कोही पैदल फर्किने समाचारमा उल्लेख छ । केही समयदेखि रुसी सैनिकले युक्रेनलाई घेरेपछि रूसले आक्रमण गर्न लागेको भन्दै संसारभरिको ध्यान युक्रेनमा केन्द्रीत भएको थियो । अमेरिकालगायत मुलुकहरुले आफ्नो नागरिक र कूटनीतिज्ञलाई युक्रेन छोड्न आग्रह गरेका थिए । रुसले भने युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै योजना नरहेको बताउँदै आएको थियो । युक्रेनको सीमामा खटिएका कति सैनिक ब्यारेक फर्किएका हुन् भन्नेबारे विस्तृत विवरण आइसकेको छैन । रुसी सैनिकले तीनतिरबाट युक्रेनलाई घेरेपछि पश्चिमा मुलुकहरूले सैन्य र कूटनीतिक दुबै रणनीति अपनाएका थिए ।
अमेरिकी युक्रेनका छिमेकी नेटो सदस्य राष्ट्रहरूमा सैनिक थपेको थियो भने मस्कोसँग कूटनीतिक कुराकानीलाई पनि तीव्रता दिएको थियो । फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रों रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई भेट्न मस्को पुगेका थिए भने अमेरिकी राष्ट्रपति जो बाइडेनले पुटिनसँग एक घन्टा टेलिफोनमा कुराकानी गरेका थिए ।
राष्ट्रपति बाइडेनले रुसले फेबु्रअरीमा युक्रेनमाथि हमला गर्न सक्ने बताएका बेला रुसले आफ्ना सैनिक फिर्ता बोलाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकजाकस्तान विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३८ पुग्यो
पुष ११, २०८१ बिहिबार
ट्रम्पका दूत रिचर्ड ग्रेनेल भन्छन्– इमरान खानलाई मुक्त गर
पुष ११, २०८१ बिहिबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
रवि र छबिसहित ७ जनालाई कास्की अदालत लगियो, लिलाको सकिएपछि अरुको सुरु हुनेछ बयान
पुष ११, २०८१ बिहिबार
मङ्कीपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
नेपाल स्वास्थ्य सम्मेलन सुरु
पुष ११, २०८१ बिहिबार
पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव
पुष ११, २०८१ बिहिबार