देशभर बन्दको प्रभाव न्युन, लामोदूरीका यातायात र शैक्षिक संस्था बन्द
नेपालबहस संवाददाता
फागुन ४, २०७८ बुधबार १५:२८:५६
४ फागुन काठमाडौं । एमसीसी सम्झौता विरुद्ध विभिन्न दलहरुले आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यका सहित देशभर न्यून देखिएको छ ।
उपत्यकामा नियमित झैं सार्वजनिक तथा निजी सवारी साधन चलेका छन् भने बजार पनि खुलेको छ । काठमाडौंबाट बाहिर जाने लामो दूरीमा गाडीहरु निकै कम मात्रामा सञ्चालन भएका छन् ।
प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा एमसिसी टेबल हुने खबर सार्वजनिक भएपछि मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चाले देशव्यापी बन्द आह्वान गरेका हुन् ।
उपत्यकामा बिहानैदेखि ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । राजधानीका सडकका चोक चोकमा दङ्गा प्रहरीहरु तैनाथ गरिएको छ । शैक्षिक संस्थाहरुमा भने बन्द आह्वानको सवै भन्दा ठूलो समस्या परेको छ । अधिकांश विद्यालय तथा कलेजहरुले बुधबार छुट्टी दिएका छन् ।
सरकारले मंगलबारनै तीन वटै सुरक्षा निकायहरुसंग एमसीसी टेबल भएपछि उत्पन्न हुनसक्ने अराजकताको विषयमा छलफल गरेको थियो भने गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई उच्च सतर्कता अपनाउन निर्देशन दिईसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
मङ्कीपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
नेपाल स्वास्थ्य सम्मेलन सुरु
पुष ११, २०८१ बिहिबार
पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव
पुष ११, २०८१ बिहिबार
हाई कमाण्डमा देउवा र ओली, उच्चस्तरीय राजनीतिक संयन्त्रको अण्डरमा तीन वटा कार्यदल
पुष ११, २०८१ बिहिबार
धनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार