भारतका चर्चित गायक तथा संगीतकार बप्पी लहरीको निधन
नेपालबहस संवाददाता
फागुन ४, २०७८ बुधबार १६:०:५८
४ फागुन एजेन्सी । भारतका चर्चित गायक तथा संगीतकार बप्पी लहरीको निधन भएको छ ।
मंगलबार राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि मुम्बइको एक अस्पताल लगिएका उनको आज बुधबार बिहान ७० वर्षको उमेरमा निधन भएको हो । भारतको रङ्गिन दुनियाँमा ‘बप्पी दा’ को नामले परिचित लहरीको जन्म सन् १९५२ मा कलकत्तामा भएको थियो ।
सांगीतिक माहौल भएको परिवारमा उनको जन्म भएको थियो । बप्पीका पिता अपरेश लहरी प्रसिद्ध बंगाली गायक थिए भने आमा बनसरी प्रसिद्ध शास्त्रीय संगीतकार थिए । १९ वर्षको उमेरदेखि नै संगीत निर्देशकको काम सुरु गरेका बप्पी दाले सन् १९७२ मा बंगली फिल्म ‘दादू’ मा पहिलो पटक संगीत दिएका थिए ।
बलिउडका सयौं फिल्मका चर्चित गीतहरुमा संगीत दिएका बप्पी लहरीलाई भारतको डिस्को बादशाह समेत भनिन्थ्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सम्झनामा स्रष्टा साङ्गीतिक समर्पण कार्यक्रम २०८१’ सम्पन्न
पुष ९, २०८१ मंगलबार
अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार