नेपाल प्रेस युनियनको महाधिवेशन तत्काल घोषणा गर्न माग
नेपालबहस संवाददाता
फागुन ४, २०७८ बुधबार १९:४६:३४
४ फागुन, काठमाडौं । लोकतन्त्रवादी पत्रकारहरुको छाता संस्था नेपाल प्रेस युनियनको महाधिवेशन तत्काल घोषणा गर्न पत्रकारहरुले माग गरेका छन् । प्रेस युनियन आवद्ध पत्रकारहरुको भेलाले तत्काल महाधिवेशनको मिति तोक्न केन्द्रीय समितिसँग माग गरेको हो ।
प्रेस युनियन काठमाडौं शाखाका पूर्व अध्यक्ष नकुल अर्यालको संयोजनमा भएको भेलाले कुनै बाहनाबाजी नगरी चैत दोस्रो हप्ताभित्र सम्पन्न हुने गरी महाधिवेशनको मिति तोक्नुपर्ने निर्णय गरेको हो । भेलाले युनियनको महाधिवेशन सुनिश्चित गराउन चरणबद्ध दवाव अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
भेलामा प्रेस युनियनका सल्लाहकार शिव लम्साल, उपमहासचिव सलोजा दाहाल, सचिव खिला कार्की, केन्द्रीय सदस्यहरु दीलीप पौडेल, माधव चम्लागाई, रमेश वाग्ले र युवराज गौतम, काठमाडौं जिल्ला सभापति जगन्नाथ दुलाल, सिन्धुपाल्चोक जिल्ला सभापति दुर्गा आचार्य र ओखलढुंगा जिल्ला सभापति जीवन शर्माको उपस्थिति थियो ।
त्यस्तै प्रेस युनियनका अग्रज नेताहरु ईन्द्र रिजाल, लीलाराज खनाल, कालिका महत, पत्रकार महासंघका केन्द्रीय लेखा समितिका सदस्य मुकुन्द भण्डारी, काठमाडौ जिल्ला सचिव महेश्वर गौतम, सहसचिव अर्जुन डोटेल लगायतको उपस्थिति थियो ।
भेलामा आफ्नो धारणा राख्ने अधिकांशले विगतमा जुनसुकै बाहनाले रोकिएको भएपनि अब अविलम्ब प्रेस युनियनको महाधिवेशन गर्नुपर्नेमा जोड दिएका थिए । प्रेस युनियनको महाधिवेशन पछिल्लो पटक २०७१ साल भदौंमा पोखरामा भएको थियो । सो महाधिवेशनले निर्वाचित गरेको बद्री सिग्देल नेतृत्वको कार्यसमितिको कार्यकाल २०७४ भदौंमा समाप्त भइसकेको छ । युनियनको महाधिवेशन पटक–पटक तोकिएपनि विभिन्न बाहनामा स्थगन हुँदै आएको थियो ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्थासमेत रहेको युनियनलाई यथाशीघ्र महाधिवेशन गर्न कांग्रेसको कार्यसम्पादन समितिले निर्देशन समेत दिइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
मंसिर ९, २०८१ आइतबार
बाक्लो हुस्सुले ढाकेको इनरुवा
मंसिर ९, २०८१ आइतबार
कञ्चनजङ्घा आधार शिविरमा झण्डा फहराउँदै वडाध्यक्ष गुरुङ
मंसिर ९, २०८१ आइतबार
कञ्चनजङ्घा आधार शिविर अवलोकन
मंसिर ९, २०८१ आइतबार
कञ्चनजङ्घा हिमालको दक्षिणी क्षेत्र
मंसिर ९, २०८१ आइतबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार