नेप्से परिसूचक आज १९.८४ अंकले घट्यो
नेपालबहस संवाददाता
फागुन ४, २०७८ बुधबार २१:३९:५८
४ फागुन काठमाडौं । शेयरबजार परिसूचक नेप्से बुधबार ओरालो लागेको छ । एमसीसी संसदबाट पास गर्ने–नगर्ने अन्यौलका बीच शेयर लगानीकर्ता समेत पर्ख र हेरको अवस्थामा रहँदा बजार ओरालो लागेको देखिन्छ । बुधबार १९.८४ अंकले घटेको बजार २७३४.४४ विन्दुमा आएर रोकिएको छ ।
एमसीसी संसदमा टेबुल हुने खबरले मंगलबार भने बजार दोहोरो अंकले बढेको थियो । बुधबार कुल २३१ कम्पनीको ३९ हजार ६ सय ६८ वटा कारोबारबाट ५६ लाख ५२ हजार १ सय ८२ कित्ता सेयर मात्र किनबेच भएको छ ।
बुधबार कारोबार रकम ३ अर्ब २ करोड ६३ लाख रुपैयाँ मात्र भएको छ । बुधबार अन्य र जीवन बीमा उपसमूहबाहेक सबै उपसमूह राताम्य भए । घटेको बजारमा समेत बुधबार गुराँस लघुवित्त, ज्योती लाइफ इन्स्योरेन्ससहितका कम्पनीको मूल्य घेरै बढ्यो ।
बुद्धभूमि नेपाल हाइड्रो, मैलुङखोला जलविद्युत, सिंगटी जलविद्युतसहितका कम्पनीको सेयर मूल्य धेरै घटेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ
मंसिर २६, २०८१ बुधबार
नेप्सेमा गिरावट कायमै, कारोबार रकम साढे पाँच अर्बमा खुम्चियो
मंसिर २४, २०८१ सोमबार
दक्षिण कोरियाको राजनीतिक उथलपुथललाई वेवास्था गर्दै बिटक्वाइनको एक लाख डलरको शेयर कारोबार
मंसिर २०, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार