किन पछि हटे एमसीसी टेबुल गर्नबाट देउवा
नेपालबहस संवाददाता
फागुन ४, २०७८ बुधबार २३:१७:४१
♦ईश्वरी बराल
४ फागुन, काठमाडौं । सत्ता सहयात्री दल नेकपा माओवादी केन्द्रले साथ नदिँदा सरकारले आज अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनमा टेबुल गर्न सकेन । पार्टीको संसदीय दलको बैठक सकेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमै सरकारले आज सदनमा एमसीसी प्रस्ताव पेश नगरेको हो ।
संसदीय दलको बैठकमा एमसीसीको विपक्षमा उभिने निर्णय गरेर प्रचण्ड देउवालाई भेट्न पुगेका थिए । भेटमा दुई शीर्ष नेताबीच संसद बैठकमा आज एमसीसी टेबुल नगर्ने सहमति जुटेको हो । भोलि गठबन्धनको निर्णायक बैठक बसेर यस बिषयमा निर्णय लिने सहमति भएको छ । माओवादीले यथास्थितिमा एमसीसी सदनबाट अनुमोदन गर्न नसकिने र जबरजस्ती पेश भए सरकारबाट बाहिरिने चेतावनी दिएपछि देउवा पछि हटेका हुन् ।
एमसीसी अनुमोदनका लागि आफुसँगै हस्ताक्षर गरेर प्रतिबद्धता जनाएका प्रचण्ड यसकै विपक्षमा उभिँदा आफुमाथि अन्तराष्ट्रिय दवाव आउन सक्ने भन्दै देउवा पछि हटेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ । राजनीतिक विश्लेषक जैनेन्द्र जीवनले अमेरिकाको दवाव आउनुका साथै, राजनीतिक गठबन्धन टुट्ने खतराले पनि देउवा पछि हटेको हुन सक्ने बताए । उनले भने, ‘अन्तराष्ट्रिय दवाव, राजनीतिक छवि बिग्रने डर, प्रचण्डको दोहोरो चरित्रलगायत कारणले देउवा पछि हटेका हुन् ।’
प्रचण्ड एमसीसीको समर्थनमा रहे पनि पार्टीभित्रका अन्य नेता कार्यकर्ताको दवावले अप्ठयारोमा परेको उनको बुझाई छ । नेता कार्यकर्ताहरूको इच्छाविपरित हिड्न खोजे प्रचण्डलाई नेतृत्वबाटै हट्ने डर पनि छ । अप्ठयारो हुने देखेपछि प्रचण्डले देउवालाई एमसीसी टेबुल नगर्न आग्रह गरेको उनको भनाइ छ । गठबन्धनमा सहमति नजुट्ने थाहा हुँदाहुँदै पनि देउवाले भोलि छलफल गरेर निर्णय गर्ने भनेको र प्रचण्डबाट देउवालाई धोका भइसकेको पनि बिश्लेषक जीवनको बुझाई छ ।
सभापति शेरबहादुर देउवा पक्षधर नेता मीन विश्वकर्माले पनि माओवादीसँग सहमति नजुटेकाले एमसीसी टेबुल गर्नबाट देउवा पछि हटेको बताए । बिहान देउवा र प्रचण्डबीचको छलफल र कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नजुटेकोले एमसीसीलाई टेबुल गर्न पुर्नविचार गर्नुपर्ने अवस्था आएको उनको भनाई छ । नेता विश्वकर्माले भने, ‘भोलि सत्ता गठबन्धनका दलबीच थप छलफल भएपछि एमसीसी सदनमा लैजानेबारे निर्णय हुनेछ । सहमति नजुटेकोले पुर्नविचार गर्नुपरेको हो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कञ्चनजङ्घा हिमालको दक्षिणी क्षेत्र
मंसिर ९, २०८१ आइतबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
कञ्चनजङ्घा हिमालको बेस क्याम्प जाने पदमार्ग देखिएका नाउर
मंसिर ९, २०८१ आइतबार
शे–फोक्सुण्डोको साल्दाङ डोल्पा
मंसिर ९, २०८१ आइतबार
तारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
तीन जना डाक्टरले सामुहिक राजीनामा दिएपछि प्रादेशिक अस्पतालको सेवा प्रभावित
मंसिर ९, २०८१ आइतबार