एमसीसी सम्झौता विरुद्ध खोटाङमा युवा तथा विद्यार्थी संगठनको प्रदर्शन
नेपालबहस संवाददाता
फागुन ४, २०७८ बिहिबार ०:२१:१८
४ फागुन,खोटाङ । एमसीसी सम्झौताविरुद्ध खोटाङमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) निकट युवा तथा विद्यार्थी संगठनले विरोध जुलुस प्रदर्शन गरेका छन्।
प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने निर्णयविरुद्ध वाइसिएल नेपाल, युवा संघ नेपाल, अनेरास्ववियु (क्रान्तीकारी) र अनेरास्ववियुले दिक्तेलबजारमा संयुक्त रूपमा विरोध जुलुस निकालेका हुन्।
‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौं, राष्ट्रिय स्वाधिनता रक्षा गरौं,’ भन्ने नारा लेखिएको कालो व्यानर बोकेर युवा तथा विद्यार्थी संगठनले दिक्तेलको पुरानो बेस क्याम्पबाट किरातचोक (रत्नपार्क) सम्म विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले एमसीसी चाहिदैन, एमसीसी मुर्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद, दलालहरु होसियार, देश बेच्न पाइदैन, देशभक्त शक्ती एकजुट होऔं, राष्ट्रिय स्वाधिनता जिन्दावादलगायत नारा लगाएका थिए।
जुलुस किरातचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई अनेरास्ववियुका केन्द्रीय सचिव शम्भु घिमिरे र वाइसिएल नेपालका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज मिलनचन्द्र राईले सम्बोधन गरेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
तीन युवा ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत
मंसिर १३, २०८१ बिहिबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपको साथ
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
यी बानी अवश्य अपनाउनुहोस् कपाल झर्न रोक्छ
मंसिर १४, २०८१ शुक्रबार
ऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
रोजगारीका लागि भारततर्फ जाँदै नेपाली
मंसिर १४, २०८१ शुक्रबार