एमसिसी संसद्बाट पारित हुन्छः नेता निधि
नेपालबहस संवाददाता
फागुन ४, २०७८ बिहिबार १:४:१
फागुन ४, काठमाडाैँ। नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि एमसिसी संसद्बाट पारित हुने विश्वास व्यक्त गरेका छन्।
जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले भने, ‘विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालको एमसिसीका पक्षमा देखिएको सक्रियताले गर्दा पनि उहाँहरूले एमसिसी अनुमोदन गराउनुहुन्छ भन्ने विश्वास गर्न सकिन्छ।
एमसिसी पारित नभए देशको विश्वनियता नै नरहने भएकाले एमसिसी पारित गराउनुपर्ने बाध्यता रहेको उनको भनाइ थियो। एमसिसी बिजुलीको प्रशारण लाइनजस्ता विकासका लागि अमेरिकी अनुदान भएको दाबी गर्दै उनले ऋण वा ब्याजमा डुब्ने सहयोग नभएकाले नेपाली जनताको पहलमा आफ्नो पार्टीले यसलाई पारित गराउन चाहेको बताए।
लोकतन्त्रमा सरकारले गर्ने निर्णयको उत्तराधिकारी सरकारले इमान्दारितापूर्वक कार्यान्वयन गर्नुपर्ने भएकाले यसलाई वर्तमान सरकारले पारित गराउन चाहेको उल्लेख गर्दै नेता निधिले एमसिसी नेपालका लागि आवश्यक भएकाले सबै मिलेर पारित गर्नुपर्ने जिकिर गरे । पार्टीभित्रका सबै आन्तरिक कुरालाई बिर्सेर आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जुट्न नेता कार्यकर्तासँग आग्रहसमेत गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल भ्रमण वर्ष २०२५ सफल बनाउने गरी काम गर्न दूतावासलाई परराष्ट्रमन्त्रीको निर्देशन
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
ऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
रोजगारीका लागि भारततर्फ जाँदै नेपाली
मंसिर १४, २०८१ शुक्रबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार
ओपनिङ गर्ने बेला भारतीय क्रिकेटर पटेलको हृदयघातका कारण निधन
मंसिर १४, २०८१ शुक्रबार
विराट कोहली आरसीबीको अर्को कप्तान बन्ने
मंसिर १४, २०८१ शुक्रबार