एमसीसीबारे प्रधानमन्त्रीसँग प्रचण्डले राखेका पाँच विषय
नेपालबहस संवाददाता
फागुन ४, २०७८ बिहिबार १:५४:२७
४ फागुन, काठमाडौं । बुधबार बिहानदेखिनै राजनीतिक वृत्त तरंगित बन्यो। प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि बोलाइएको संसद बैठकमा एमसीसी टेबल गर्न जोडबल गरेपछि सबैको चासो माओवादी केन्द्रको संसदीय दलको बैठकमा रहेको थियो।
बिहान १० बजेपछि बसेको संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी पारित गर्न नसक्ने निर्णय गर्यो। सत्ता गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रले यदि एमसीसी टेबल गर्न सरकारले जबरजस्ती गरे सरकारबाट बाहिरिने निर्णय समेत गरेपछि गठबन्धनको अस्तित्व संकटमा पर्न गयो।
केही समयअघि मात्र एमसीसी मुख्यालयलाई प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर संसदबाट पास गर्न समय माग गरेका प्रचण्ड पार्टीमा एमसीसीको विषयमा अल्पमतमा पर्न गए । जसका कारण एमसीसी पास गराउने निर्णय प्रचण्डले गर्न सकेनन् ।
पार्टीले एमसीसी यथास्थितमा गर्न नसक्ने निर्णयबारे जानकारी गराउन उनी सोझै बालुवाटार पुगे । जहाँ उनले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एक्ला एक्लै वार्ता गरे।
वार्ताका क्रममा प्रचण्डले एमसीसी पास गर्न नसक्नाको पाँच कारण बारे प्रधानमन्त्री देउवालाई बताए । प्रचण्डसँगको भेटबारे देउवा र प्रचण्डले आफू निकटका नेताहरुलाई ब्रिफिङ गरेका थिए ।
स्रोतका अनुसार प्रचण्डले प्रधानमन्त्री देउवाकासँग आफू अन्तर्राष्ट्रिय जगतबाट अलगिदै गएको बताएका थिए । ‘विश्वबाट म एक्लिँदै गएको छु । यस्तो अवस्थामा पार्टीमा पनि एक्लिने अवस्था बन्न दिने कुरा हुँदैन, त्यसैले मेरो विवशता तपाईंले बुझिदिनु परो’ प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।
पार्टी नेता र कार्यकर्तासमेत एमसीसीको विपक्षमा उभिएकाले आफूले एक्लै निर्णय गर्न नसक्ने प्रचण्डको भनाइ थियो ।
उनले आफूलाई सभामुख अग्निप्रसाद सापकोटाले पनि साथ नदिएको उनले प्रधानमन्त्रीसँग दुस्खेसो पोखे ।
‘यसअघि महराजीले पनि मान्नु भएन अहिले अग्निजीले पनि साथ दिनु भएनु प्रधानमन्त्रीसँग प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।
त्यसपछि प्रचण्डले एमसीसीलाई चुनावपछि लैजाने आफ्नो पूरानो प्रस्तावलाई फेरि सम्झाए । ‘चुनाव नजिकिँदै गएको छ, सक्नुहुन्छ भने एक वर्षपछिलाई सारौ’ प्रचण्डले प्रस्ताव गरे ।
प्रचण्डले स्पष्टताका साथ यही अवस्थामा परिमार्जन नगरी एमसीसीको पक्षमा माओवादी केन्द्र जान नसक्ने बताएका थिए ।
त्यसपछि यसबारे थप छलफलका लागि भोलि गठबन्धनको बैठक बोलाउन दुवै पक्ष सहमत भए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
नेपाल भ्रमण वर्ष २०२५ सफल बनाउने गरी काम गर्न दूतावासलाई परराष्ट्रमन्त्रीको निर्देशन
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार