कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ३७ वर्षपछि पक्राउ
नेपालबहस संवाददाता
फागुन ४, २०७८ बिहिबार २:४४:४७
फागुन ४, काठमाडाैँ। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ३७ वर्षपछि पक्राउ परेकाे छ। ललितपुरकाे गोदावरी नगरपालिका-१० सल्यानगाउँ ठेगाना भएका ५६ वर्षीय सुन बहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको हाे ।
ललितपुर साविक चापागाउँ गाविस-८ सल्यानगाउँ बस्ने घटेरो कान्छो भन्ने गणेश बहादुर नगरकोटीलाई २०४१ चैत १२ गते राति कुटपिट गरी मृत्यु भएपछि फरार भएका थिए।
घटनापश्चात फरार भएका तामाङलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
सुन बहादुर उपर कर्तव्य ज्यान मुद्दामा ललितपुर जिल्ला अदालतबाट २०४४ जेठ ५ गते साविक मुलुकी ऐन, अदालती वन्दोवस्तको महल १९० नम्बर बमोजिम मुद्दा मुल्तवीमा रहने गरी फैसला भएको थियो। उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएको उक्त ब्यूरोले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
कोप–२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार