लमजुङमा १३औं पटक हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै
नेपालबहस संवाददाता
फागुन ४, २०७८ बिहिबार २:५९:४७
४ फागुन, लमजुङ। लमजुङमा १३औं पटक हात्तीपाइलेविरुद्धको औषधी खुवाइने भएको छ । फागुनको अन्तिम सातादेखि लमजुङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको हो ।
हात्तीपाइले रोग निवारणका लागि राष्ट्रिय अभियानअन्तर्गत फागुन २८ गतेदेखि जिल्लामा औषधि खुवाउने स्वास्थ्य कार्यालय लमजुङले जनाएको हो ।
लमजुङमा पनि हात्तीपाइले रोगको उच्च जोखिम रहेको भन्दै अभियानलाई निरन्तरता दिएको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए ।
प्रमुख दवाडीका अनुसार लमजुङमा हात्तीपाइले रोगको उच्च जोखिम छ । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा हात्तीपाइले रोगको प्रकोप चार प्रतिशत रहेको छ ।
जिल्लामा राइनास नगरपालिकास्थित धमिलिकुवा र चक्रतीर्थलाई हात्तीपाइले रोगको उच्चजोखिम क्षेत्रको रूपमा लिइएको छ । जिल्लामा दुई वर्ष कम उमेरका बालबालिका, सिकिस्त बिरामी र गर्भवती महिला बाहेक यसवर्ष डेढलाख बढीलाई औषधि खुवाउने लक्ष्य राखिएको प्रमुख दवाडीले बताए । जिल्लामा हात्तीपाइले रोग निवारणको लागि चुनौती देखिएको छ ।
जिल्लामा १२ चरणसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान चले पनि लक्ष्य अनुरूप नियन्त्रण नभएको तथ्यांकले देखाएको छ । राष्ट्रिय अभियान अन्तर्गत लमजुङमा १२औं चरणमा अघिल्लो वर्ष हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइएको थियो ।
विश्व स्वास्थ्य संगठनका अनुसार ६ चरणमा अभियान सकिने भए पनि लमजुङमा अझै जोखिम रहेको भन्दै अभियानलाई निरन्तरता दिइएको छ । लक्ष्यभन्दा बढी जोखिम देखिएपछि उपलब्धि हासिल हुन नसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । अभियानका क्रममा औषधि वितरण तथा प्रयोग प्रभावकारी नहुँदा उपलब्धि हाँसिल हुन नसकेको सरोकारवालाहरूको बुझाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्दै लखन गाउँपालिका
मंसिर १४, २०८१ शुक्रबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार