एमसीसी सम्झौतामा सहमतिका लागि सत्ता गठबन्धनमा आज निर्णायक वार्ता हुँदै
नेपालबहस संवाददाता
फागुन ५, २०७८ बिहिबार १४:९:९
५ फागुन काठमाडौं । अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी सम्झौतामा सहमतिका लागि आज सत्ता गठबन्धनमा निर्णायक वार्ता हुँदैछ ।
बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। एमसिसी परियोजना अगाडी बढाउने विषयमा सत्ता साझेदार दलमा नै कुरा नमिलेपछि आज बैठक बस्न लागेको हो। हिजो बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले एमसिसी टेबुल गर्ने भरपुर प्रयत्न गरेपनि सफल हुन सकेन।
माओवादी केन्द्र, नेकपा समाजवादी र राष्ट्रिय जनमोर्चाले एमसिसी संसदमा लान नमानेको हो। माओवादी केन्द्रको हिजो बसेको संसदीय दलको बैठकले एमसिसी जबरजस्ती संसदमा ल्याउन खोजे सरकार छोड्ने चेतावनी दिएको थियो। सत्ता साझेदार दलहरूमै एकरुपता नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा अफ्ठ्यारोमा परेका छन् ।
हिजो एकैछिन बसेर स्थगित भएको प्रतिनिधिसभाको बैठक भोलि बस्दैछ। भोलि जसरी भएपनि संसदमा एमसिसी टेबुल गर्ने सरकारको तयारी छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार