डरलाग्दो घटनाः अस्ट्रेलियामा सार्कले खायो पौडीबाजलाई
नेपालबहस संवाददाता
फागुन ५, २०७८ बिहिबार १७:२७:५०
५ फागुन, सिडनी । अस्ट्रेलियाको सिड्नीमा पौडी खेल्ने क्रममा सार्कको आक्रमणमा परेर एकजनाको मृत्यु भएको छ । सिड्नीमा सन् १९६३ पछि पहिलो पटक सार्कको आक्रमणमा पौडी खेल्ने व्यक्तिको मृत्यु भएको हो ।
मालबार नजिक लिटल बे नजिक बुधबार मानिसको अवशेष फेला परेपछि आपतकालीन सेवा बोलाइएको थियो । न्यु साउद वेल्स राज्यका अधिकारीहरुले पीडितको नाम सार्वजनिक गरेका छैनन् । यसबारे थप अनुसन्धान सुरु गरिएको छ । लिटल बे र नजिकका अन्य समुद्री किनाराहरु बन्द गरिएका छन् ।
स्काई न्युज अस्ट्रेलियाका अनुसार बुधबार स्थानीय समयअनुसार दिउँसो साढे ४ बजे सार्कले आक्रमण गर्दा सो क्षेत्रमा दर्जनौं मानिसहरु पौडी खेलिरहेका थिए । त्यस्तै, केही मानिसहरुले माछा नजिकको ढुंगामा माछा मारिरहेका थिए । ‘केही व्यक्तिहरु पौडी खेलिरहेका थिए, त्यसैबेला सार्क आएर उसलाई आक्रमण गर्यो’, एकजना साक्षीको भनाई उदृत गर्दै सो समाचार संस्थाले जनाएको छ ।
‘हामीले चिच्याहट सुन्यौं र फर्कियौं । एउटा कार पानीमा झरेको जस्तो देखिएको थियो,’ उनले भने । त्यसबेला चट्टानमा माछा मारिरहेका अर्का व्यक्तिले एबीसी न्यूजलाई भने—पौडीबाज पहिले चिच्याइरहेको थियो । जब ऊ तल गयो त्यहाँ धेरै छर्राहरू थिए । उनले थपे, ‘उनी रमाइलोका लागि पौडी खेल्न गएका थिए, तर सार्कले उनको ज्यान लियो ।’
घाइतेलाई विपत्तिजनक चोटपटक लागेको र त्यहाँ चिकित्सकले केही गर्न नसक्ने न्यू साउथ वेल्स एम्बुलेन्स सेवाले जनाएको छ । ♦एजेन्सी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजामा इजरायली हमलामा बालबालिका सहित १९ जनाको मृत्यु
मंसिर ८, २०८१ शनिबार
चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि !!!
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
पोखराको चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने
मंसिर ९, २०८१ आइतबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार
कस्तो छ आजको तरकारी भाउ ?
मंसिर ९, २०८१ आइतबार
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार