कर्णालीमा विद्युत प्रसारण लाइन विस्तार गरिने
नेपालबहस संवाददाता
फागुन ५, २०७८ बिहिबार १८:३९:५६
५ फागुन, सुर्खेत । कर्णाली प्रदेशमा विद्युतीकरणमा देखिएका समस्या समाधान गर्न कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेसप्रसाद सिंहद्वारा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशी, कर्णाली प्रदेश विद्युत प्राधिकरण प्रदेश प्रमुख सम्भु कुसैयात यादव र प्रदेश वन निर्देशक गोविन्दप्रसाद दहालसँग छलफल गरेका छन् ।
विद्युत लाइन विस्तार गर्नका लागि रुख कटान गर्नुपर्ने भएकाले मन्त्री सिंहले सरोकारवाला मन्त्रालयसँग छलफल गरेका हुन् । बुधबार अर्चुअल माध्यमबाट कर्णालीका १० वटै जिल्लाका विद्युत प्राधिकरणका शाखा कार्यालयसँग छलफल गरेका थिए । छलफलमा विद्युत प्राधिकरणले विद्युतीकरणका लागि वन प्रमुख बाधक रहेको मन्त्री सिंहलाई जानकारी गराएका थिए ।
विद्युत लाइन विस्तार गर्दा वन कारणले समस्या देखिएको त्यहीको समस्या समाधान गर्न सरोकारवाला मन्त्रालय तथा कार्यालयसँग छलफल गरिएको मन्त्री सिंंहले बताए । ‘कर्णाली प्रदेशका सबै जिल्लामा विद्युतीकरणका लागि वन कटान गर्नुपर्ने भएकाले सम्बन्धित कार्यालयका प्रमुखहरूसँग छलफल गरिएको छ,’ उनले भने, ‘वातावरणिय प्रभाव मूल्यांकन तयार पारेर विद्युतीकरणका लागि सहजीकरण अगाडि बढ्ने कुरा भएको छ ।’
कर्णालीका १० जिल्लामा राष्ट्रिय प्रसारण लाइन जडान हुन नसकेको सबै जिल्लामा पुर्याउने बिषयमा छलफल भएको र यसै आर्थिक वर्षमा कर्णालीका ७९ स्थानीय तहसम्म विद्युत पुर्याउने लक्ष्य राखिएको मन्त्री सिंहले जानकारी दिए । ‘यसै आर्थिक वर्षमा सबै जिल्ला सदरमुकाम र पालिका प्रशासनिक केन्द्रमा विद्युत पुर्याउने लक्ष्य राखेको छौं ।’ उनले भने, ‘त्यसलाई पूर्णता दिनका लागि अहिले काम भइरहेको छ ।’
कर्णाली प्रदेशका हुम्ला, डोल्पा र मुगु जिल्ला विद्युतको राष्ट्रिय प्रसारण लाइन जडान भएको छैन । कर्णाली धेरै पालिका प्रशासनिक केन्द्रका विद्युत पुग्न सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार