महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा कैलारी उद्योग बाणिज्य संद्यलाई फर्निचर प्रदान
नेपालबहस संवाददाता
फागुन ५, २०७८ बिहिबार १९:३२:१३
५ फागुन, काठमाडौं । महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
सोही कार्यलाई निरन्तरता दिदैँ महालक्ष्मी विकास बैंकको हसुलीया शाखाले कैलारी उद्योग बाणिज्य संघको कार्यालयलाई एक विशेष कार्यक्रमका बिच फर्निचर हस्तान्तरण गरेको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो शाखाले उद्योग बाणिज्य संघको कार्यालयलाई अफिस टेबल २ थान, अफिस स्टिल दराज १ थान, सोफा कुर्सी २ थान, प्लास्टिक कुर्सी ५ थान हस्तान्तरण गरेको कुरा बैंकका शाखा इन्चार्ज जगुराम डगौराले बताए ।
उक्त फर्निचर सामान कैलारी गाउँपालिकाका प्रमुख लाजुराम चौधरीको प्रमुख आतिथ्यमा कैलारी उद्योग वाणिज्य संघका अध्यक्ष नेपालु चौधरीलाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा बोल्दै कैलारी गाउँपालीका अध्यक्षले बैंकले उत्कृष्ट वित्तिय सेवाहरु प्रदान गर्दै आइरहेको र विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत स्थानियहरुको आर्थिक उत्थानमा सहयोग पुर्याइरहेकोमा बैंकलाई धन्यवाद ज्ञापन गरे ।
उक्त कार्यक्रमा स्थानियबासी, स्थानिय जनप्रतिनिधी, कर्मचारी, उद्योगी , व्यापारीहरुको उल्लेख्य सहभागीता रहेको थियो । आगामी दिनहरुमा पनी सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा बैंकले जनाएको छ ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख् गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।
बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chips based travel Card, eCommerce card / Dollar card जारी गरीसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
मंसिर ३, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द
मंसिर ३, २०८१ सोमबार