किसानलाई व्यवसायिक बनाउँदै गाउँपालिका
नेपालबहस संवाददाता
फागुन ५, २०७८ बिहिबार १९:५९:३२
५ फागुन, राँझा । बाँकेको जानकी गाउँपालिकाले कृषिमा सम्लग्न किसानलाई व्यवसायिक खेती गर्न आकर्षण गर्दै आएको छ । गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि किसानलाई आवश्यक मल, बीउ र सिँचाइको व्यवस्था गर्दै आएको हो । गाउँपालिकालाई कृषिबाटै आर्थिक समृद्धि बनाउनका लागि ‘गाउँपालिका अध्यक्ष कृषि कार्यक्रम’ अन्तर्गत किसान लक्षित धेरै कार्यक्रम सञ्चालन गरिएको कार्यवाहक अध्यक्ष भूमिसरा धितालले बताए ।
उनका अनुसार निर्वाहमुखी खेती गर्दै आएका किसानलाई व्यावसायिक बनाउँदै बेमौसमी तरकारी तथा फलफूल खेती गर्र्न गाउँपालिकाले प्रोत्साहन गर्नाका साथै बसन्ते मकैको र धानको पकेट क्षेत्रका रुपमा विकास गरिँदै लगिएको छ । यहाँको हावा, पानी र उर्वर माटोका कारण गाउँपालिकालाई नै बसन्ते मकै, धान र तरकारी पकेट क्षेत्रका रुपमा विकास गर्न सकिने गाउँपालिका कृषि शाखा प्राविधिक सहायक धनञ्जय शर्माले बताए। उनका अनुसार पालिकामा अझै बस्तीको विकास भइनसकेको र यहाँको माटोमा उर्वर शक्ति बढी रहेकाले कृषि कार्यलाई प्राथमिकताका साथ सञ्चालन गरी आर्थिक समृद्धि गर्न सकिने छ । हाल गाउँपालिकाको वडा नं ४ र ५ लाई बसन्ते मकै र धानको पकेट क्षेत्रका रुपमा लिइएको छ । यी वडामा विषेशगरी यही अन्नबाली लगाउँदै आइएको छ । राम्रो र बढी उत्पादन हुने भएकाले यही बालीलाई किसानले प्राथमिकता दिएका हुन् ।
गाउँपालिकाका अन्य ठाउँमा तरकारीको राम्रो सम्भावना रहेको कृषि शाखाको सर्भेक्षण देखाएको छ । शाखाका अनुसार वडा नं १, २ र ३ लाई तरकारीको पकेट क्षेत्र बनाउन सकिने सम्भावना छ ।गाउँपालिकामा युवालाई कृषि क्षेत्रमा आकर्षित गर्नका लागि थुप्रै कार्यक्रम सञ्चालनमा जोड दिएको गाउँपालिका आर्थिक विकास शाखा संयोजक धर्मा थापाले बताए । “कृषि क्षेत्रलाई राम्रो बनाउन सकेमा मानिसले स्वस्थ खानेकुरा खान पाउन, स्वस्थ रहन सहयोग पुग्नाका साथै आवश्यक तरकारी खपत सजिलै गर्न सकिन्छ”,उनले भने,“युवालाई स्वदेशमै कृषि काममा लगाएर व्यावसायिक खेती गरी आर्थिक समृद्धि गर्नेतर्फ हामीले जोड दिएका छौँ ।”
गाउँपालिकाले युवा किसानमा बढ्दो बिचलनलाई नियन्त्रण गर्न र कृषि कार्यमा प्रेरित गर्न निःशुल्क तथा अनुदानमा विभिन्न अन्नबाली र तरकारीको बीउ वितरण गर्दै आएको छ । किसानलाई ५० प्रतिशत अनुदानमा तरकारीको हाइब्रिट बीउ वितरण गरिरहेको प्राविधिक शर्माले बताए ।
कृषि शाखाका अनुसार यसै वर्ष एक हजार ८०० किसानलाई मिनी किट वितरण गर्ने लक्ष्य छ । पचास प्रतिशत अनुदानमा ४०० किसानलाई तरकारीको बीउ र च्याउको बीउ वितरण गरिरहेको हो । च्याउ उत्पादन गर्न चाहने थप एक हजार ५०० किसानलाई बीउ वितरण गरिने उनको भनाइ थियोे ।गाउँपालिकाले किसानले खेती गर्दा देखिने समस्यालाई स्थलगतरुमै समाधान समाधान गर्न अनुगमनपछि निराकरणको उपाय अबलम्बन गर्न लगाउने गरिएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
आइतबार १० अंकले घट्यो नेप्से, ८ अर्ब ३३ करोडका शेयर खरिदबिक्री भए
मंसिर १६, २०८१ आइतबार
झापामा बेसारखेती गर्ने कृषकको सङ्ख्या वृद्धि
मंसिर १६, २०८१ आइतबार
बेमौसमी काँक्रा बेचेर डेढ लाख बढी आम्दानी
मंसिर १६, २०८१ आइतबार